गोरखामा आँखा पाक्ने रोगको संक्रमण बढ्दो

बिराज त्रिपाठी
साउन २० । गोरखामा आँखा पाक्ने रोगको संक्रमण दिनानुदिन बढ्दै गएको छ। पछिल्लो साता यता गोरखामा आँखा पाक्ने रोगको संक्रमण बढ्दै गएको हो। आँखा पाक्ने रोगका कारण अहिले दैनिक पचासौं संख्यामा बिरामीहरु आँखा उपचारका लागि गोरखा लायन्स आँखा सेवा केन्द्र पुग्ने गरेका छन्।

बालकदेखि वृद्धसम्ममा आँखा पाक्ने, आँखा चिलाउने, आँखाबाट आँसु बग्ने जस्ता लक्षण देखिने गरेको छ। आँखाको समस्या देखिएसँगै गोरखा लायन्स आँखा सेवा केन्द्रमा उपचारका लागि बिरामीहरु आउने गरेका छन्।

अहिले दैनिक पचास देखि सय जना बिरामीको आँखा चेकजाँच गरिरहेको र यी साता भित्र ४ सय ९३ जना मध्य करिब २९५ जना आँखा पाक्ने समस्या भएको बताउँदै गोरखा लायन्स आँखा सेवा केन्द्रका प्रमुख प्रशासकिय अधिकृत बिश्व प्रकाश अर्यालले भने, ‘सामान्य भाषामा ‘भाइरल रोग’ भनिए पनि ‘कन्जन्टिभाइटिस’ भाइरसका कारण यो रोग अहिले व्यापक रुपमा फैलिरहेको छ।’ आँखा चिलाउने, आँखा सुनिने, पाक्ने तथा आँसु बग्ने र कहिले काहीँ आँखाको नानीमा घाउ हुने समस्या पनि देखिने गरेको उनले बताए।

मानिसको सम्पर्कबाट यो रोग सर्ने गरेको बताउँदै उनले भने, ‘रोगीको सामग्री प्रयोग गर्ने, हात मिलाउने तथा मानिसको प्रत्यक्ष सम्पर्कबाट भाइरस सर्ने गर्छ। त्यसका लागि सचेतना अपनाउनु जरुरी छ।’

पछिल्लो समयमा अस्पताल पुग्ने ६० प्रतिशत बढी बिरामी आँखा पाक्ने रोगका बिरामी उपचारका लागि आउने गरेको र दिनानुदिन बढ्दै गइ रहेको उनले बताए। बच्चालाई चाँडो सन्चो हुने भए पनि युवा तथा ज्येष्ठ नागरिकलाई भने सन्चो हुन एक हप्तादेखि दुई हप्तासम्म लाग्ने गरेको उनी बताउँछन्।

यो समय भनेको आँखा पाक्ने समय भए पनि ‘कन्जन्टिभाइटिस’ भाइरस बढी सक्रिय हुने भएकाले रोग भयावह देखिएको उनले बताए। आँखाको बिरामीले दैनिक चार/पाँच पटक चिसो पानीले आँखा सफा गर्ने, आँखालाई नमिच्ने तथा चिकित्सकको सल्लाह बमोजिम औषधि प्रयोग गर्दा रोग सन्चो हुने गरेको चिकित्सकहरु बताउँछन्।

आँखा पाक्ने रोग जटिल नभए पनि चिकित्सकको सल्लाह बिनाको औषधि प्रयोग नगर्न चिकित्सकहरुले सुझाएका छन्। ‘रोग लागेपछि आँखा चेकजाँच नगरिकनै औषधी प्रयोग गर्ने, फोहोर हातले आँखा मिच्ने जस्ता कार्य गर्नु नहुने बताउदै अधिकृत अर्यालले यस गोरखा लायन्स आँखा सेवा केन्द्रमा बढीजसो बालबालिका नै उपचारका लागि आउने गरेको उनी बताउँछन्।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago

प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टाछुट्टै शिष्टाचार भेट

२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…

57 years ago

बाँदर–बँदेल नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना बनाउन संसद्मा प्रस्ताव

काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…

57 years ago

प्रदेश अस्पताल गोरखा १०० शय्यामा स्तरोन्नति हुँदै, सेवाग्राहीको संख्या पनि बढ्दो

२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…

57 years ago

पहिरोपीडितलाई भेट्दै सांसद देवकोटा, क्षतिग्रस्त क्षेत्रको निरीक्षण

गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा…

57 years ago