गोरखा बिरिञ्चोकमा निःशुल्क आँखा शिविर:२ सय २३ जनाले लिए सेवा

समाचार स्वास्थ्य

गोरखा । श्री गण्डकी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आज बिहीवार गोरखा जिल्लास्थित गोरखा नगरपालिका-१०, बिरिन्चोकको बिरे डाँडाकोमा निःशुल्क आँखा जाँच शिविर कार्यक्रम सम्पन्न गरेकाे छ।

कार्यक्रम विहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म चलेकाे थियाे। उक्त शिविरमा आँखाको विशेष जाँच गरिएको थियो भने निःशुल्क औषधि एवम् चस्मा वितरण गरिएकाे थियाे।

श्री गण्डकी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा, गोरखा नगरपालिका वडा नम्बर १० को आर्थिक सहयोग तथा गोरखा लायन्स आँखा सेवा केन्द्रको प्राविधिक सहयोगमा आयोजित निःशुल्क आँखा शिविरमा कुल २२३ जना बिरामीको आँखा परीक्षण गरिएको थियो। सो मध्ये ४५ जनालाई चस्मा वितरण गरेको र २६ जना बिरामीको आँखामा मोतिया बिन्दु रोग ठहर भएकोमा तत्कालै ४ जनाको शल्यक्रिया गर्नुपर्ने चिकित्सकले बताएका छन्।

मोतीबिन्दु ठहर भएका ४ जना बिरामीलाई यही महिना भित्र  गोरखा लायन्स आँखा सेवा केन्द्र लगेर अन्य आवश्यक जाँच पश्चात्  निःशुल्क आँखाको शल्यक्रिया गरिने र अन्य बिरामीलाई समेत समयावधि तोकि शल्यक्रिया गर्ने  योजना रहेको संस्थाका प्रबन्ध निर्देशक लक्ष्मी अंगाईले जानकारी दिएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *