साउन २१ । गोरखा आँखा अस्पतालमा भएकोे मोतिविन्दु शल्यक्रिया शिविरमा २८ जनाको शल्यक्रिया गरिएकोे छ । गोरखा लायन्स आँखा सेवा केन्द्र गोरखाको आयोजना तथा हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा २८ जनाको मोतियाविन्दु शल्यक्रिया गरिएको हो ।
श्रावण १९,२० र २१ गते संचालन भएको मोतिबिन्दु शल्यक्रिया शिविरमा १७ जना महिला र ११ जना पुरुष शल्यक्रिया सम्पन्न गरिएको केन्द्रका प्रशासकीय अधिकृत विश्वप्रकाश अर्यालले बताए । शिविरमा गोरखा नगरपालीकाको ६ जना र अन्य नगरपालिका/गाउपालिकाका २२ जनाको शल्यक्रिया भएको उनले बताए ।
त्यस्तै, शनिबार मात्रै गोरखा नगरपालिकाले नगरबासीलाई मोतियाविन्दु शल्यक्रियासँगै औषधी र चस्माका लागि निशुल्क उपलब्ध गराउन केन्द्रसँग वार्षिक पाँच लाख दिने गरी सम्झौता गरेको थियो । योसँगै गोरखा नगरपालिका बाहेक अन्य पालिकाका स्थानीयहरुले मोतियाविन्दु् शल्यक्रिया गर्दा भने शुल्क लाग्ने केन्द्रले जनाएको छ । केन्द्रले मोतियाविन्दु शल्यक्रिया, औषधी र चस्मा गरी करिब ४५ सय रुपैया लिदै आएको छ ।
सेवा केन्द्रमा बिगत केही दिन देखी समुदायमा ब्यापक रुपमा आँखा पाक्ने रोग फैलिरहेकोले उक्त रोगबाट बच्न सवै जनसमुदायलाइ सावधानी अपनाउन अनुरोध गरिएको छ ।
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…
गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…
२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…
काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…
२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…
गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा…