स्वास्थ्य

समयमै उपचार नपाउँदा हुम्लामा झाडापखालाबाट दुई बालकको ज्यान गयो

साउन २७। हुम्लामा समयमै उपचार नपाउँदा झाडापखालाबाट दुई बालकको ज्यान गएको छ । राष्ट्रिय सडक सञ्जालमा जोडिन नसकेको हुम्लाबाट आवतजावत गर्न भरपर्दो विकल्प हवाई मार्ग हो ।

सिमकोट गाउँपालिका–६ का सुरज सुनारका ६ महिने छोरा इमरानको हिजो र सिमकोट गाउँपालिका–७ का कालीबहादुर शाहीका ९ महिने छोरा रोहितको बुधवार ज्यान गएको जानकारी पाएको हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीले बताए ।

इमरानलाई जिल्ला अस्पताल हुम्लाले थप उपचारका लागि नेपालगञ्ज रिफर गरेको थियो । तर तत्काल नेपालगञ्ज लैजान जहाज नपाएर बालककाे ज्यान गएको हो । हुम्लामा बिहान मौसम सफा नहुनु र दिउँसो साढे १२ बजेपछि नागरिक उड्डयन प्राधिकरणले लागू गरेको उडान भर्न नपाउने नियमका कारण समस्या छ ।

त्यस्तै, झाडापखालाले थलिएर अन्तिम अवस्थामा अस्पतालमा ल्याएका शाहीलाई परिवारले घरमै लगेका र पछि ज्यान गएको सहायक प्रमुख जिल्ला अधिकारी सुवेदीले बताउनुभयो । कर्णाली प्रदेशको हुम्ला भौगोलिक हिसाबले अति दुर्गम क्षेत्र हो ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago

प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टाछुट्टै शिष्टाचार भेट

२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…

57 years ago