गोरखामा हाइटेन्सन तारले करेन्ट लाग्दा ७० वर्षीय वृद्धको मृत्यु

समाचार

गोरखा । गोरखा जिल्लाको भिमसेनथापा गाउँपालिका वडा नं. ४ धावाचौतारामा करेन्ट लागी एक वृद्धको ज्यान गएको छ।

दिउँसो करिब २ बजे ७० वर्षीय बलाराम बि.क. आफ्नै बारीमा बाख्रा चराइरहेका बेला हाइटेन्सन लाइनको पोलमा जडान गरिएको स्ट्याण्ड (सपोर्ट तार) छोएपछि करेन्ट लागी घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्र प्रसाद सुवेदीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *