मनोरञ्जन

नेपालको सर्वाधिक राशी पुरस्कार भएको मेरो डान्स युनिभर्सको फाइनलमा गोरखाका स्वस्तिक अर्याल

विराज त्रिपाठी

साउन २८ । नेपालको अहिलेसम्मकै सर्वाधिक राशी पुरस्कार भएको इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाले आयोजना गरेको ‘मेरो डान्स युनिभर्स’ मा गोरखाका स्वस्तिक अर्याल फाइनलमा पुगेका छन् । नाचको माध्यम बाटै गोरखालाई चिनाएका गोरखा नगरपालिका वडा नम्बर १० का अर्याल मान्छेले बनाएको यन्त्रयुक्त मानबको रुपमा अभुतपूर्ब नाच प्रदर्शन गरेर गतहप्ता ‘पर्फमेन्स वीक्’ बन्दै सेमिफाइनलबाट सिधै फाइनल अर्थात शीर्ष ५ मा पुग्ने पहिले पतियोगी बनेका थिए ।

उक्त नाटकीय नाचका कारण निर्णायक केकी अधिकारी, दिलिप रायमाझी, शंकर बिसी लगायत धेरैलाई भावुक समेत बनाउन सफल भएका थिए । साथै अहिलेसम्म नेपालमा पपिङमा स्पेसियल्ली रोबोटिक फर्ममा यो स्तरको नाच देखेको थिइन र नाचको क्षेत्रमा नाच्ने ब्यक्तिका लागि सबैभन्दा प्यारो बस्तु भनेको जुत्ता भएको भन्दै निर्णायक नरमानले स्वस्तिकलाई जुता उपहार समेत दिएका थिए। त्यस्तै अर्यालले प्पिङ स्टालकासँगै हिपप्, मोर्डन स्टाइलको नाचबाट हरेक हप्ता आउने सम्पुर्ण सेलिब्रेटी गेष्ट तथा सम्पूर्ण निर्णायकहरुलाई प्रभावित बनाउँन समेत सफल भएका थिए ।

अर्यालले ‘मेरो डान्स युनिभर्स’ को मन्चमा गोरखासँग सम्बन्धित विषयबस्तु नेपाल एकीकरणका इतिहास झल्काउने श्री ५ वडा महाराजधिराज पृथ्वीनारायण शाहदेखि २०७२ सालमा बारपाकमा केन्द्र विन्दु भएर गएकोे भूकम्पको विषयबस्तुलाई रियालिटी शोमा प्रस्तुत गरेका थिए । साथै अर्यालले प्रतियोगितामा चर्चीत भस्मे डन, कमेडी, महिला चरित्र आदीको प्रदर्शन गर्दै आफुलाई अब्बल सावित गरेका थिए ।

त्यस्तै अर्याल ‘मेरो डान्स युनिभर्स’ को आगामी भदौ २ गते हुने फाइनलमा आफुलाई विजयी गराउन सहयोगको अपील गर्न यही मंगलबार गोरखा आउने भएका छन् ।  अर्यालले साउन २७ गते शनिबार बेलुकादेखि भदौ २ गते शनिबारसम्म भोटिङ खुल्ला हुने भएकाले आफुलाई भोट गरिदिन समेत उनले आग्रह गर्दै ईअस्त्र न्युजलाई बताएका थिए । सम्पुर्ण जिल्लावासीलाई गोरखाको छोरा, भाई, भतिज आदि सम्झेर तथा भविष्यमा नाच कै माध्यम बाट गोरखालाई चिनाउने प्रतिबद्धता गर्दै सहयोगको आग्रह समेत गरेका छन् ।

‘मेरो डान्स युनिभर्स’ प्रतियोगिताका विजेताले १ करोड नगद पुरस्कार पाउने बताइएको छ । त्यसैगरी, फस्ट रनर अपले ३० लाख र सेकेन्ड रनर अपले २० लाख पुरस्कार पाउनेछन् साथै विश्वको विभिन्न देशमा कार्यक्रम समेत आयोजना गरी नाच प्रदर्शन गर्ने मौका समेत दिइने आयोजकले जनाएको छ ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

डिभिजन वन कार्यालय गोरखाको चेतावनी: ७ दिनभित्र अवैध संरचना हटाउनू

गोरखा,असार २४ । गोरखा नगरपालिका–११ को १२ किलो क्षेत्रमा रहेको ओख्ले पाखा सामुदायिक वन क्षेत्रभित्र निर्माण…

57 years ago

२०७४ सालदेखि निरन्तर पूर्णखोप सुनिश्चितता कायम गर्दै आएको गोरखा पुनः घोषणा

गोरखा, असार २२ । गोरखा जिल्लालाई पुनः पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ।…

57 years ago

डोल्पामा बोलेरो दुर्घटना : एकको मृत्यु, १३ घाइते

२१ असार २०८३ । डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा आइतबार बोलेरो जिप दुर्घटना हुँदा एक जनाको…

57 years ago

हिंस्रक ध्रुवे फेरि बस्तीमा, आमाछोरासहित २५ जनाको ज्यान लियो

चितवन । चितवन राष्ट्रिय निकुञ्जको कुख्यात जंगली भाले हात्ती ‘ध्रुवे’को आक्रमणमा भरतपुर महानगरपालिका–२३ की २१…

57 years ago

छोराको कुटाइबाट धादिङमा बुवाको मृत्यु, अभियुक्त पक्राउ

धादिङ । धादिङको गङ्गाजमुना गाउँपालिका–४ यार्सा टोलमा आफ्नै छोराको कुटाइबाट ६० वर्षीय धननारायण सुनारको मृत्यु…

57 years ago

एम्बाप्पेको पेनाल्टी गोलमा फ्रान्स क्वाटरफाइनलमा

२१ असार २०८३ । फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ १६ मा फ्रान्सले पाराग्वेलाई १–०…

57 years ago