असोज ९ । गोरखामा “मेयर युवा फुटबल विकास परियोजना” अन्तर्गत ९ औं ओसन कप हुने भएको छ ।
खेलाडी उत्पादनका लागि गोरखा नगरपालिका भित्रका १० विद्यालयहरुका १३ बर्ष भन्दा मुनिका बिद्यार्थीहरुको टिम बीच प्रतिस्पर्धा हुने उक्त ९ औं ओसन कप यु–१३ लिग २०८० यही असोज १३ गते देखि सुरु हुन लागेको द ओसन क्लवका अध्यक्ष अमित खत्रीले जानाकारी दिए ।
त्यस्तै असोज १३ देखि मङ्सीरको २३ गते सम्म चल्ने यु–१३ सेभेन ‘ए’ साइड फुटबल प्रतियोगितालाई बिद्यार्थीहरुको पठन – पाठनलाई समेत मध्य नजर गरेर प्रत्येक हप्ताको शनिबार र सार्बजनिक बिदाको दिनलाई सदुपयोग गरेर खेल प्रतियोगिता संचालन गर्ने अध्यक्ष खत्रीले बताए ।
गोरखा नगरपालिका भित्रका विद्यालयहरु बीच हुने ९ औं ओसन कप यु–१३ लिग २०८० सेभेन ‘ए’ साइड फुटबल प्रतियोगितामा प्रथम हुने टिमलाई ७ हजार पाँच सय रकम सहित ट्रफी,मेडल र प्रमाडपत्र, दोस्रो हुनेलाई तिन हजार पाँच सय सहित ट्रफी,मेडल र प्रमाडपत्र र खेलको प्रत्यक दिन पन्ध्र सय दिने आयोजकले जनाएको छ ।
साथै प्रतियोगिताको लागि अनुमानित पाँच लाख लागत खर्च हुने बताइएको छ भने प्रतियोगिता संचालन गर्न गोरखा नगरपालिकाले तिन लाख रकम सहयोग गरेको समेत आयोजकले जनाएको छ ।
प्रतियोगिताको खेलहरु द ओसन क्लबको कृत्रिम घासे मैदानमा सन्चालन हुनेछ ।
गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…