Categories: समाचार

चाडपर्व लक्षित पोखरा महानगरपालिकाले गर्न थाल्यो बजार अनुगमन

पोखरा, असोज १८ गते । नेपालीहरुका ठूला चाडपर्वहरु नजिकिदै गएका छन् । चाडपर्वसंगै किनमेल गर्नेहरुको भिडभाड बजारमा विस्तारै बढने क्रम सुरु भएको छ । खाद्यान्नदेखि लत्ताकपडा, नुनदेखि सुनपसलहरुमा उपभोक्ताको भिड बढने क्रमसंगै महंगि बढने र म्याद गुज्रेका सामानहरु विक्री गर्ने मौकाका रुपमा व्यवसायीले छोप्ने भएकाले पोखरा महानगरपालिकाले बजार अनुगमन सुरु गरेको छ ।

चाडपर्वको बेलामा व्यवसायीले कृत्रिम अभावदेखि मुल्यबृद्धि गर्ने गरेको गुनासो आउने गरेकाले उपभोक्ता अधिकार, मंहगी नियन्त्रण र गुणस्तर कायम गर्न महानगरले अनुगमन गरेको हो । चाडपर्वमा उपभोक्ता नठगिउन भन्ने उद्देश्यले  पोखरामा बजार अनुगमन तिव्र पारिएको हो । व्यापार बढेसँगै चाडपर्वको समयमा कृत्रिम अभावदेखि कालोबजारी बढ्छ, त्यसैले महानगरभित्र अनुगमन गरेका हौ महानगर बजार अनुगमन अधिकृत भरतराज पौडेलले भन्नुभयो । मनपरी मुल्य र  बदमासी रोक्न अनुगमनलाई दशैसम्म अनुगमनलाई तीव्रता दिने उहाँले बताउनुभयो ।

महागनरले बिहबार लेखनाथ क्षेका ६ वटा पसलमा अनुगमन गरेको छ । अनुगमन गरिएका ६ बटा पसलबा म्याद नाघेका अखाद्य बस्तु मिसाइएका १७ हजार ८३१ रुपैयाँ बराबरको सामाग्री नष्ट गरिएको सापकोटाले जानकारी दिनुभयो । अनुगमनका क्रममा पोखरा ३० मा रहेको एएन बी सर्पिङ सेन्टरबाट १३ हजार ७ सय ३५ रुपैयाँ मुल्य बराबरको म्याद नाघेका र अखाद्य बस्तु फेला परेपछि नष्ट गरिएको बजार अनुगमनमा सहभागी महानगरका ऋषि सापकोटाले जानकारी दिनुभयो । पोखरा ३० कै एनएस मिराज स्टोर्समा नापतौलका सामाग्री दर्ता नगरेको, महानगरमा ब्यवसाय नविकरण नगरेको, सम्पत्ति कर नतिरेको देखिएकाले महानगर र नापतौल तथा गुणस्तर कार्यालयमा एक साताभित्र उपस्थित हुन निर्देशन दिइएको छ । त्यस्तै मुक्क्त खुद्रा स्टोस पोखरा ३१ पनि २१० बराबरको सामाग्री नष्ट गरिएको छ भने लाहाचोक किरान पसल अखाद्य बस्तु मिसाइएका बस्तु फेला परेको र नष्ट गरिएको छ । लेखनाथकै म्याग्दी सुमन होटलबा २० हजार बराबरको फ्राई गरेको लेग पिस नष्ट गरिएको छ ।

पोखरा महानगरपालिका कार्यबाहक प्रमुख एवं अनुगमन समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा अनुगमन गरेको हो । अनुगमनका क्रममा अखाद्य बस्तु, म्याद नाघेका खाद्य सामग्री, मुल्यसुचि नभएका, लेवल नलगाएका सामाग्री फेला परेको महानगर अनुगमन समितका अधिकृत भरतराज पौडलले बताउनुभयो । महानगरले अनुगमन गरिरहेको बताउदै उहाँले चाडपर्वमा किनमेलका लागि भिडभाड बढि हुने भएकाले म्याद गुज्रेका र अखाद्य बस्तु मिलाएर आउने भएकाले त्यसको नियन्णत्रका लागि अनुगमन प्रभावकारी बनाउने योजन अनुसार चाडपर्व अनुगमनलाई तिव्रता दिइएको बताउनुभयो ।

अनुगमनमा जिल्ला प्रशासन कार्यालय कास्की, गुणस्तर तथा नापतौल कार्यालय पोखराका सहायक निरिक्षक रघुनाथ पौडेल, खाद्य प्राविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका खाद्य निरिक्षक सविना सुनार, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि मुकुन्दराज पौडेल, पोखरा महानगर सहकारी तथा उद्योग शाखा प्रमुख भरतराज पौडेल, महानगर सहकारी शाखाका ऋषिराम सापकोटा, पत्रकार गौरव त्रिपाठी र राजु गिरीको उपस्थिति रहेको थियो ।

चाडपर्व र राजनीतिक अस्थिरताको मौका छोपेर व्यापारीले मूल्यवृद्धि गर्ने हुँदा टोलीले अनुगमनलाई तीव्रता उहाँले बताउनुभयो । चाडपर्व नजिकिएसंगै यसमाथि दसैंमा किनबेल गर्नेको भिडभाड हुने गरेको छ उहाँले भन्नुभयो, “उपभोक्ताहरु बढी ठगिने भएकाले अनुगमनलाई तीव्रता दिइएका छौ । कानुनी प्रावधान अनुसार दोषिलाई कारबाही हुन्छ ।”

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान भर्न फ्लाई दुबई इच्छुक, ६ घण्टा लामो प्राविधिक निरीक्षण

पोखरा, २० जेठ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान सञ्चालन गर्ने तयारीले नयाँ…

56 years ago

३०० बालबालिकालाई शैक्षिक सामग्री, १४ जनालाई नगद सहयोग

गोरखा। गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा पद्धति विकास सेवा केन्द्र, गोरखाको साझेदारीमा सञ्चालित एकीकृत…

56 years ago

प्रदेश अस्पताल गोरखामा आयुर्वेद थेरापी कक्ष उद्घाटन, स्वास्थ्य सामग्री हस्तान्तरण

गोरखा। प्रदेश अस्पताल गोरखा र गोरखा नगरपालिकाको संयुक्त आयोजनामा प्रदेश अस्पताल गोरखामा आयुर्वेद थेरापी कक्षको…

56 years ago

प्रेमकुमार खत्रीको पहलमा गोरखामा स्वास्थ्य सेवा विस्तार

गोरखा । गोरखाका दुई स्वास्थ्य संस्थामा आधुनिक स्वास्थ्य परीक्षण सेवा विस्तारका लागि करिब ८० लाख…

56 years ago

चौथो राइजिङ स्टार कपको उपाधि द मन्सटर फेमिलीलाई

गोरखा । गोरखा नगरपालिका–१२ को १० किलोस्थित अढाईगाउँ खेलमैदानमा सम्पन्न चौथो राइजिङ स्टार कप फुटबल…

56 years ago

घाटु नाचले गोरखा गुञ्जायमान, संरक्षणमा चुनौती

गोरखा । गोरखाका मगर र गुरुङ समुदायमा प्रचलित ऐतिहासिक घाटु नाच यतिबेला गाउँबस्तीमा पुनः जीवन्त…

56 years ago