Categories: समाचार

ग्लोबल गोरखा समाजको ७ औँ बार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौँ, असोज ३० । प्रवासी गोरखालीहरुको साझा संस्था ग्लोबल गोरखा समाजको ७ औँ बार्षिक साधारण सभा तथा अक्षयकोष स्थापनार्थ कार्यक्रमको सम्पन्न भएको छ ।

सोमबार समाजले अक्षयकोषका लागि लाखौँ रुपैँया सहयोग रकम संकलन गर्दै ७ औँ बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

कार्यक्रमको अबसरमा संस्थाको वृद्धि विकासमा टेवा पुर्याउन स्थापना कालदेखि विभिन्न पदमा रही योगदान पुर्याएका कार्यसमिति तथा संस्थालाई सम्मान पनि गरिएको छ ।

सम्मानीत भएकाहरु मध्य समाजका प्रमुख संरक्षक जर्मनका अवैतनिक राजदुत राम प्रताप थापा,  एनआरएनका पूर्व अध्यक्ष भवन भट्ट, समाजका संस्थापक अध्यक्ष जयप्रकाश गुरुङ, संस्थाका निवर्तमान अध्यक्ष एवं एनआरएनका उपमहासचिव विनय अधिकारी, संस्थाका संस्थापक महासचिव एवं सल्लाकार विनोद पोखरल रहेका छन् । यस्तै, गोरखा सांस्कृतिक समाजका अध्यक्ष सुनिल लामिछाने, युवा व्यवसायी समिम अन्वर, गोरखा समाज केन्द्र काठमाण्डौँलाई पनि सम्मान गरिएको छ । उनीहरुलाई खादासँगै सम्मानपत्रले सम्मानीत गरिएको हो ।

यस बर्षको लोक सांस्कृतिक युवा प्रतिभा पुरस्कार भने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गोरखाका अध्यक्ष हरिराम परियारलाई प्रदान गरिएको छ ।

एनआरएनको हालसालै भएको विभिन्न देशका महाधिवेशनबाट विभिन्न पदमा निर्वाचित समाजका पदाधिकारीहरुलाई पनि सम्मानीत गरिएको    थियो । यसरी सम्मानीत हुने मध्य एनआरएन राष्ट्रिय समन्वय परिषद हङकङको नवौँ महाधिवेशनबाट अध्यक्ष निर्वाचित समाजका अध्यक्ष गोकर्ण ढकाल, एनआरएनए राष्ट्रिय समन्वय परिषद कतारको अन्तराष्ट्रिय समन्वय परिषदको सदस्य निर्वारोध निर्वाचित समाजका उपाध्यक्ष श्रीकृष्ण भट्टराई, एनआरएनए राष्ट्रिय समन्वय परिषद वेल्जिएमको नवौँ महाधिवेशनबाट अन्तराष्ट्रिय समन्वय परिषदको सदस्य निर्वाचित समाजका सचिव मदन दवाडी रहेका छन् ।

संस्थाका अध्यक्ष ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य नन्दप्रसाद न्यौपाने,  विशिष्ट अतिथि पुर्व मन्त्री चिनकाजी श्रेष्ठ, नेपाली कांग्रेसका केन्द्रिय सदस्य अब्दुल सतार, अतिथिहरु एनआरएनका अध्यक्ष रविना थापा, एनआरएनका अध्यक्ष पदका उम्मेदवारहरु रामकुमार शर्मा (आरके), पालुङटार नगरपालिकाका प्रमुख विवश चिन्तन, गण्डकी गाउँपालिका अध्यक्ष  दिपक तिमिल्सीना, चुमनुव्री गाउँपालिका अध्यक्ष निमा लामा, शहिदलखन गाउँपालिकाका अध्यक्ष रमेश थापामगर, गोरखा नगरपालिकाका उपमेयर मसलीमाया थोकर पुन, धार्चे गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङ लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रमका वक्ताहरुले संस्थाले लामो समयदेखि स्वदेश तथा विदेशमा रहेका गोर्खाली तथा समग्र गोरखाको विकासका निम्ती खेलेको महत्पूर्ण भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता समाजिक गतिविधिलाई चुस्तदुरुस्त पार्न शुभकामना दिएका थिए ।  स्थापना कालदेखि नै प्रवासमा रहेका गोरखालीहरुको हकहितको संरक्षणका साथै गोरखाको समग्र बिकासका लागि आवश्यक विभिन्न महत्वपूर्ण छलफलत तथा कार्यक्रमको आयोजना गर्दै आईरहेको छ ।

समाजले समस्यामा परेका गोर्खालीहरुको आपतकालिन अबस्थामा उद्धार गर्नुपरेमा या विभिन्न सेवामुलक कार्यक्रमहरु निरन्तरता दिने उदेश्यले स्थापना गरेको अक्षयकोषका लागि ३० लाख रुपैँयाभन्दा बढि रकम संकलन भएको संस्थाले जनाएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष ढकालले ५ लाख, उपाध्यक्ष आकाश बन्जाराले १ लाख ५० हजार, उपाध्यक्ष भट्टराईले १ लाख, महासचिव विराट खनालले १ लाख, वेलायतका उपाध्यक्ष  बम गुरुङले १ लाख, उपाध्यक्ष गणेश लामिछानेले १ लाख ५५ हजार, सचिव दवाडीले  १ लाख, सचिव प्रेम पाण्डेले ५० हजार, कोषाध्यक्ष ज्ञानेन्द्र आलेले ५० हजार, प्रवक्ता शिव बन्जाराले ५० हजार, युवा संयोजक सुवास सिंह बस्यातले ५० हजार, सदस्य मनोज पाण्डेले ५० हजार,  सदस्य योगेन्द्रराज जोशीले १ लाख, सदस्य सुरेश भट्टले ५० हजार, सदस्य रेजिना छिनालले ५० हजार रकम सहयोग गरेका छन् । यस्तै सदस्य  विनिता लामिछानेले ५० हजार,सदस्य जीवन गुरुङले ५० हजार, एनआरएनका अध्यक्ष पदका उम्मेदवार रामकुमार शर्माले पाँच लाख १ रुपैँया लगायत थुप्रैले सहयोग दिने घोषणा गरेका छन् ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

नागेपोखरी संरक्षण र पर्यापर्यटन प्रवर्द्धनका लागि दुई दिने पदयात्रा सम्पन्न

गोरखा । डिभिजन वन कार्यालय, गोरखाको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत सिमसार संरक्षण तथा व्यवस्थापन योजनाअनुसार अजिरकोट…

56 years ago

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान भर्न फ्लाई दुबई इच्छुक, ६ घण्टा लामो प्राविधिक निरीक्षण

पोखरा, २० जेठ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान सञ्चालन गर्ने तयारीले नयाँ…

56 years ago

३०० बालबालिकालाई शैक्षिक सामग्री, १४ जनालाई नगद सहयोग

गोरखा। गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा पद्धति विकास सेवा केन्द्र, गोरखाको साझेदारीमा सञ्चालित एकीकृत…

56 years ago

प्रदेश अस्पताल गोरखामा आयुर्वेद थेरापी कक्ष उद्घाटन, स्वास्थ्य सामग्री हस्तान्तरण

गोरखा। प्रदेश अस्पताल गोरखा र गोरखा नगरपालिकाको संयुक्त आयोजनामा प्रदेश अस्पताल गोरखामा आयुर्वेद थेरापी कक्षको…

56 years ago

प्रेमकुमार खत्रीको पहलमा गोरखामा स्वास्थ्य सेवा विस्तार

गोरखा । गोरखाका दुई स्वास्थ्य संस्थामा आधुनिक स्वास्थ्य परीक्षण सेवा विस्तारका लागि करिब ८० लाख…

56 years ago

चौथो राइजिङ स्टार कपको उपाधि द मन्सटर फेमिलीलाई

गोरखा । गोरखा नगरपालिका–१२ को १० किलोस्थित अढाईगाउँ खेलमैदानमा सम्पन्न चौथो राइजिङ स्टार कप फुटबल…

56 years ago