गोरखा। गोरखा सदरमुकाममा रहेको श्री सिद्वि गणेश बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १५औं साधारण सभा सम्पन्न गरेको छ।
साधारण सभामा गत आर्थिक वर्षमा संस्थाले ६७ लाख ७७ हजार १८ रुपैयाँ खुद नाफा कमाएको कोषाध्यक्ष विशाल राना मगरले जानकारी दिएका छन्।
सभाको उद्घाटन गर्दै गोरखा नगरपालिका मेयर कृण्ण बहादुर राना मगरले सहकारी संस्थाले समाज र देशको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले नगर क्षेत्रमा रहेका उत्पादन तथा उपभोक्ता सहकारीहरू रुग्ण अवस्थामा पुगेको बताउँदै, यस्ता सहकारीहरूलाई बचत तथा ऋण सहकारीमार्फत ऋण लगानी गर्ने नीति आवश्यक भएकोमा जोड दिए।
साधारण सभामा सचिव श्रवण कुमार जोशीले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे भने कोषाध्यक्ष विशाल राना मगरले आर्थिक प्रतिवेदन पेश गरे।
संस्थाका अध्यक्ष शरद कट्टेलको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिका प्रशासकीय अधिकृत एवं सहकारी शाखाका प्रमुख चेत प्रसाद अंगाई, वडा नं. ६ का वडाध्यक्ष राजेन्द्र कुमार जोशी (दिलिप), संस्थाका सल्लाहकार कृण्ण कुमार श्रेष्ठ, पत्रकार महासंघका जिल्ला अध्यक्ष नरेन्द्र ढकाल, महिला शेयर सदस्य श्रृजना पाण्डे बस्नेत र पुरुष शेयर सदस्य कपिल बावु अर्यालले शुभकामना मन्तब्य राखेका थिए।