स्याङजा, १२ मङ्सिर २०८० । लागूऔषध ब्राउनसुगर मुद्दामा संलग्न रही ४ वर्षदेखि फरार रहेका प्रतिवादी फेदिखोला गाउँपालिका-२ उपल्लो कुँडुले बस्ने गुल्मी कालीगण्डकी गाउँपालिका-२ घर भएका ४४ वर्षीय रेशम थापा मगरलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत स्याङजाको २०७६ असार १ गतेको फैसलाले ५ वर्ष कैद र १० हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको प्रहरीले फेदिखोलाबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि स्याङजा जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार स्याङजामा पठाइएको छ ।
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…
गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…
२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…
काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…
२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…
गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा…