गोरखामा उपेक्षित उष्णप्रदेशीय रोग दिवसको अवसरमा स्वास्थ्यकर्मी र सञ्चारकर्मी विच अन्तरक्रिया सम्पन्न

गोरखा, माघ १६ । “उपेक्षित उष्णप्रदेशीय रोगको निवारण, सहकार्य र एकता हाम्रो उदाहरण“ भन्ने मुल नाराका साथ उपेक्षित उष्णप्रदेशीय रोग दिवसको अवसरमा स्वास्थ्य कार्यालय गोरखा र गोरखा जिल्लाका क्रियाशिल पत्रकारहरु बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

स्वास्थ्य कार्यालय गोरखाको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा गोरखा जिल्लाका क्रियाशिल पत्रकारहरुलाई विश्व उपक्षित उष्णप्रदेशीय रोग दिवसको परिचय, उपक्षित उष्णप्रदेशीय रोग भनेको के हो?, नेपालमा उष्णप्रदेशीय रोगको अवस्था, मुख्य समस्या र चुनौतीहरु, प्रमुख उपलब्धिहरु लगायतको विषयमा स्वास्थ्य कार्यालय गोरखाका सुचना अधिकारी तथा निमित्त प्रमुख नवराज खड्काले सहजीकरण गराएका थिए ।

सो अन्तरक्रियामा उपेक्षित उष्णप्रदेशीय रोगहरु डेंगु, फित्तेजुका, जुका, हात्तीपाईले, कुष्ठरोग, खस्रेरोग, सर्पदंश, लुतो, रेविज, कालाजार लगायत ११ वटा रोगहरुको वारेमा छालफल भएका थिए । उपेक्षित उष्ण प्रदेशीय रोगहरु सङक्रमक भाइरस, व्याक्टेरिया, परजीवी, ढुसी र विषक्त पदार्थहरुको कारण लाग्ने रोगको समूह रहेको, यो रोग विश्वभरीमा १ अर्ब मानिसहरुलाई मानवीय, सामाजिक तथा आर्थिक भार थपेको जानकारी गराएका थिए।

नेपालमा उष्णप्रदेशीय रोगको अवस्था

गर्मी मौसममा धेरै फैलिने डेंगु,कालाजार र हात्तीपाइले जस्ता रोगलाई उष्णप्रदेशीय रोग भनिन्छ। यस्ता २१ वटा रोगलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)  ले उपेक्षित उष्णप्रदेशीय रोगमा सूचीकृत गरेको छ। यसमध्ये नेपालमा ११ प्रकारका रोग बढेको छ। यी रोगबाट मानिस बिरामी हुने क्रम बढेको छ।

यति मात्रै होइन गरिबी, अशिक्षा र अज्ञानताकै कारण लाग्ने भनेर बेवास्ता गरिएका यी ११ प्रकारका  रोग नेपालीको मृत्यु कारण मध्ये एक बन्न थालेका छन्।

यी रोग विभिन्न प्रकारका भाइरस, ब्याक्टेरिया, परजीवी, फंगी र विषाक्त पदार्थका कारणले लाग्छ। विश्वव्यापी रूपमा एक अर्बभन्दा बढी मानिसलाई असर गर्ने गरेको डब्लूएचओको तथ्यांक छ। नेपालमा यी ११ प्रकारका रोगमध्ये डेंगु, रेबिज  र सर्पदंशबाट मृत्यु हुनेको संख्या पनि बढ्न थालेको छ।

नेपालमा  उष्णप्रदेशीय रोगमध्ये डेंगुले त केही वर्षयता त बर्सेनी धेरै जनसंख्याले मृत्यु नै वरण गर्नु पर्ने अवस्था सिर्जना भएको छ। गत अघिल्लो वर्ष सन् २०२३ मा ७७ वटै जिल्लाबाट डेंगीको प्रतिवेदन भएको र देशभर ५२ हजार भन्दा बढी व्यक्तिहरुमा संक्रमण भई २० जनाको मृत्यु समेत भएको थियो ।

जलवायु परिवर्तन र सामान्य रोग नै त हुन भन्ने धारणाले गर्दा नेपालमा विगत दुई /तीन वर्षयता नेपालमा यस्ता रोग्ले प्रभावित हुने संख्या ह्वात्तै बढेको छ।

१० वर्ष अघिसम्म नेपालमा तराईको भू-भागमा मात्रै देखिने डेंगु, चिकनगुनिया, कालाजारका बिरामी उच्च पहाडी भेगमा समेत भेटिन थालेका छन्।

सर्पदंशका बिरामी पहाडी भेटमा समेत भेटिन थालेका छन्। सरकारी विवरणमा हरेक वर्ष १० हजार जति सर्पदंशका बिरामी रिपोर्ट हुने र यसमध्ये १ हजार २२३ जनामा विषालु सर्पको टोकाइ हुने हुँदा उपचार नै गर्नुपर्छ।

यसले गर्दा यी रोग पछिल्लो समय पहाडी र हिमाली जिल्लामा पनि देखिन थालेकाले उपेक्षित रोगहरू मानिस, पशुपन्छी तथा वातावरणीय स्वास्थ्यका हिसाबले बढ्दो चुनौतीको रूपमा देखिन थालेका छन्।

रेबिज र डेंगु लगायतका रोग बर्सेनी नयाँ–नयाँ स्थानमा फैलिँदै छ। सामान्य सावधानी अपनाए कुकुर तथा अन्य जनावरले टोक्नबाट बच्न सकिने तथा टोकिसकेको पछि पनि समयमा नै भ्याक्सिन लगाए बच्न सकिने रेबिज जस्तो रोगबाट त हरेक वर्ष एक लाख भन्दा मानिस प्रभावित हुने गरेका छन्। जनावरकै टोकाइबाट बर्सेनी नेपालमा सरदर १०० जना नेपालीले ज्यान गुमाउने गरेका छन्।

सावधानी नअपाउने र कुकुर लगायतका छाडा जनावरलाई सामूहिकरूपमा रेविज विरुद्धको खोप नलगाउने हो भने भोलिका दिनमा यसबाट ज्यान गुमाउनेको संख्या बढ्ने जोखिम रहेको हुँदा समयमा सावधानी अपनाउनु पर्ने अवस्था आएको विज्ञहरु बताउँछन् ।

सामान्य सावधानी अपनाए जनावरको टोकाइबाट बच्न सकिने तथा टोकाइपछि पनि वेलैमा रेविज विरुद्धको खोप लगाए बच्न सकिने भए पनि रेबिजजस्तो रोगबाट बर्सेनी धेरै नेपाली पीडित भएर मृत्युवरण गर्दै आएका छन् । यो हाम्रो लागि दु:खद कुरा हो। त्यसैले अब सबैभन्दा पहिला सबैले घरपालुवा कुकुर तथा छाडा छोडिएका जनावर तथा कुकुरलाई सामूहिक रूपमा रेबिजविरुद्धखोप लगाउनु पर्छ।

यस्तै सन् २०२६ सम्म कालाजारलाई नेपालबाट निवारण गर्ने सरकारको लक्ष्य छ। तर कालाजार रोगको तथ्यांक नयाँनयाँ जिल्लाहरूबाट समेत प्राप्त  भइरहेका छन्, जसले गर्दा सन्  २०२६ सम्ममा यो रोग निवारण गर्ने लक्ष्यको प्राप्तिमा चुनौती थपिएको छ। कालिकोट जिल्लामा कालाजारको संक्रमण दर उच्च रहेको छ भने सुर्खेत, बैतडी, बाजुरा, कैलाली र ओखलढुंगामा अन्य जिल्लाभन्दा बिरामीको संख्या अझै पनि बढी छ।

रोग निवारण गर्ने (जिल्ला तहमा प्रति १०,००० जनसङ्ख्यामा कालाजारको बिरामीको संख्या १ भन्दा कममा पुर्‍याउने ) र कालाजारका कारण हुने मृत्युलाई १ प्रतिशत भन्दा कममा कायम गर्ने लक्ष्य सरकारको रहेको छ। पछिल्लो दुई दशकमा कालाजारका बिरामीको संख्या ९० प्रतिशतले कमी आएको छ। तर पनि नेपालमा हाल बर्सेनी ३०० जति कालाजारका बिरामी सरकारी संयन्त्रमा रिपोर्ट हुने गर्छन्।

यस्तै कुष्ठरोग र माटोबाट सर्ने जुकाबाट बिरामी हुने नेपालीको संख्या पनि बढ्दो छ। सन् २०१५ मा भएको एक सर्वेक्षणमा नेपालमा १२ देखि २४ प्रतिशत स्कुले बालबालिका बाटोबाट सर्ने जुकाबाट पीडित हुने गरेको तथ्य छ। यता ईडीसीडीको विवरण अनुसार भने आर्थिक वर्ष २०७९/मा पाँच लाख ५०हजारभन्दा बढी नेपाली यो खालको जुकाको संक्रमणबाट पीडित भएका थिए।

यस्तै नेपालमा हालसम्म ४१ हजार ५३५ जनामा हात्तीपाइलेका कारण हाइड्रोसिल तथा गोडामा संक्रमण देखिएको छ। सरकारले हात्तीपाइले रोग नियन्त्रण गर्न ५३  जिल्लामा औषधी खुवाउने अभियान चलाएर कार्यक्रम सफल भएको भन्दै बन्द गरेको छ। हाल ८ जिल्लामा यसविरुद्धको औषधी डीईसी र अल्बेन्डाजोल औषधी अभियान सञ्चालन भइहेको छ।

तर ११ मध्ये ट्रकोमा भने नेपालबाट निवारण भइसकेको छ। ट्रकोमा सन् २०१८ मा जनस्वास्थ्यको समस्याको रूपमा निवारण भएको हो। डब्लूएचओले पनि यसलाई मान्यता समेत दिइसकेको छ।

यी हुन् नेपालमा पाइने मुख्य उपेक्षित उष्णप्रदेशीय रोग

  • सर्पदंश
  • ट्रकोमा (खस्रे रोग)
  • कालाजार
  • माटोबाट सर्ने जुका
  • कुष्ठरोग
  • हात्तीपाइले
  • डेंगु/चिकेन गुनियया
  • रेबिज
  • लुतो र अन्य इक्टोपाराइट
  • टेनियासिस(फित्तेजुका)रन्युरोसिस्टाइसर्कोस
  • माइसेटोमा,क्रोमोब्लास्टोमाइकोसिस र अन्य डिप माइकोसेस
eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखाबाट “धर्म नीति आधारित महाअभियान” सुरु हुँदै, शक्तिपीठ र गुरुकुल निर्माणमा जोड

गोरखा । ऐतिहासिक तथा आध्यात्मिक महत्व बोकेको गोरखा पुनः राष्ट्रिय चेतना जागरणको केन्द्र बन्ने दिशामा…

56 years ago

गोरखा जेसीज फुटसल प्रतियोगिता २०२६ सम्पन्न, शुक्लागण्डकी (टिम बी) विजेता

गोरखा । गोरखा जेसीजद्वारा आयोजित दोस्रो गोरखा जेसीज फुटसल प्रतियोगिता २०२६ सफलतापूर्वक सम्पन्न भएको छ।…

56 years ago

स्थानीय परिकार र संस्कृतिको प्रवर्द्धन गर्न गोरखामा महोत्सव

गोरखा । नयाँ वर्ष २०८३ लाई लक्षित गर्दै गोरखा सदरमुकाममा ‘तेस्रो रैथाने खाना तथा सडक…

56 years ago

गोरखामा वैशाख ३ देखि अन्तरपालिका उप–मेयर भलिबल प्रतियोगिता सुरु

गोरखा । गोरखामा आगामी वैशाख ३ गतेदेखि दोस्रो अन्तरपालिका उप–मेयर भलिबल प्रतियोगिता हुने भएको छ।…

56 years ago

गण्डकीमा एसईई २०८२ : ४३ हजार बढी विद्यार्थी सहभागी, कास्की अग्रस्थानमा

चैत १९ गतेदेखि सञ्चालन हुने २०८२ सालको माध्यमिक शिक्षा परीक्षा एसईईमा यस वर्ष गण्डकी प्रदेशमा…

56 years ago

गोरखामा ‘दोस्रो जेसीज फुटसल प्रतियोगिता २०२६’ आयोजना हुने

गोरखा । गोरखा जेसीज गोरखाले युवाहरूको नेतृत्व विकास, खेलकुद प्रवर्द्धन र सामाजिक सशक्तीकरणलाई लक्षित गर्दै…

56 years ago