प्रतीक्षा आले
असार २२, २०८० । गोरखामा शुक्रबार स्वास्थ्य कार्यालय गोरखा र मिडिया कर्मीहरु बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
स्वास्थ्य कार्यलय गोरखाको आयोजना भएको उक्त कार्यक्रममा जिल्ला भरका क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रमलाई स्वस्थ्य कार्यालय गोरखाको सुचना अधिकारी नवराज खड्काले सहजीकरण गराउनु भएको थियो ।
कार्यक्रममा बोल्दै उहाँले विगतको आर्थिक वर्षहरुको भन्दा यो आर्थिक वर्षको बजेट रामो्रसँग कार्यन्वयन भएको बताउनुभयो । आर्थिक वर्ष २०७९/८० को भैतिक तथा बित्तिय प्रगति कुल बजेटको ८३.१६ उहाँले जानकारी दिनुभयो ।
त्यस्तै उहाँले पछिल्लो समय नसर्ने रोगका कारण बढी मानिसको मृत्यु भएको बताउनुभयो । उक्त मृत्युदर घटाउनका लागि उचित पोषणको सेवनमा ध्यान दिनुपर्ने जानकारी दिनुभयो । खड्काले उचित पोषणमा लगानी अत्यन्तै जरुरी रहेको बताउनुभयो । रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्नै नदिने कुरामा जोड दिँदै उहाँले बाहिरको खान कम खान र हालको मौसम बर्खायाम भएका कारण खानेपानीको स्रोतमा भल पस्ने हुन्दा खानेपानीलाई राम्ररी शुद्ध गरि प्रयोग गर्न सुझाव दिनुभयो । खड्काले स्वास्थ्य कार्यालयबाट प्रवाह हुने सुचना र सेवाहरु जनतामाझ पुराएकोमा मिडियाकार्मीहरुलाई धन्यवाद व्यक्त गर्दै आगामि दिनहरुमा पनि साथ र सहयोगको अपेक्ष्या रहेको बताउनुभयो । यस्तै आगामि दिनहरुमा स्वास्थ्य कार्यालयले खाध्य स्वच्छता, अनुसन्धान , एमआर क्यम्पियन, एचपिभि खोप लगायतका कार्यक्रमहरु संचालन गर्ने समेत बताउनुभयो ।
स्वास्थ्य कार्यलय गोरखाको प्रमुख याम प्रसाद शर्माको अध्यक्ष्यतामा भएको कार्यक्रमा कार्यालय प्रमुख शर्मा , पत्रकार महाँसघ गोरखाको उपाध्यक्ष्य नरेन्द्र ढकाल , महाँसघ गोरखाकी सदस्य अनुपमा खनाल लगायतले मन्तब्य राख्नुभएको थियो ।
