Categories: समाचार

शालिनको पोस्टमार्टम रिपोर्ट : मृत्युको कारण ‘ह्याङ्गिङ’

गोरखा, फागुन २० । चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शंकास्पद रूपमा मृत फेला परेकी शालिन पोखरेलको शव परीक्षण रिपोर्ट आएको छ ।  प्रहरी श्रोतका अनुसार पोष्टमार्टम रिपोर्टमा बलात्कार नभएको पाइएको हो । त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरू डा. गोपाल चौधरी र डा. युगेन डोल्मा वालुङसहिका ५ जना फरेन्सिक विशेषज्ञहरूले शालिनको शव परीक्षण गरेका हुन् । रिपोर्टमा मृत्यूको कारण ह्याङ्गिङ (झुण्डिएर) भनिएको अनुसन्धानमा संलग्न प्रहरी श्रोतले बताएको छ ।

फागुन १२ गते शनिबार बिहान एकता शिशु निकेतनमा कक्षा ८ मा अध्ययन गर्ने १४ वर्षीया शालिन पोखरेलले आत्महत्या गरेकी  थिइन् । गोरखाको अजिरकोट गाउँपालिका–५ मुच्चोक घर भई रत्ननगर वडा नं १५ माधवपुरस्थित मामाघरमा बसेर अध्ययन गर्दै आएकी छात्राले होस्टेलको कोठाको सिलिङ पंखामा डोरीको पासो लगाई झुण्डीएर आत्महत्या गरेकी हुन् । शालिन दुई वर्षदेखि सो होस्टलमा बसेर पढ्थिन् ।

यस प्रकरणमा एकता शिशु निकेतन स्कुलका प्रिन्सिपल, भाइस प्रिन्सिपल र होस्टलको वार्डेनलाई प्रहरीले पक्राउ परेका छन् । उनीहरुविरुद्ध ज्यान सम्बन्धी कसुरमा जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी श्रीराम भण्डारीले जानकारी दिएका छन् ।

घटना शंकास्पद भएको भन्दै शालिनको परिवारले प्रहरीमा उजुरी दिएको थियो । मृतक बालिकाको परिवारले पोष्टमार्टम गर्नका लागि शब काठमाडौँको टिचिङ अस्पतालमा लगेका थिए ।

शालिनको बलात्कार पछि हत्या भएको भनी परिवारले आन्दोलन गरिरहेका छन् । अहिले सामाजिक सञ्जाल पनि उनको न्यायका लागि तातिरहेको छ।

यता प्रधानमन्त्री पुष्पकमल दाहालले पनि यो घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयलाई निर्देशन दिइसकेका छन् ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago