देशभरका स्थानीय सरकारले १० असारभित्र आगामी आर्थिक वर्ष (आ.व.) को बजेट ल्याउनुपर्ने कानूनी व्यवस्थाअनुसार स्आज आर्थिक वर्ष २०७९/०८० को बजेट ल्याउन लागेका छ ।
अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को परिच्छेद ७ को दफा २१ को उपदफा ३ मा गाउँ कार्यपालिका र नगर कार्यपालिकाले प्रत्येक वर्ष असार महिनाको १० गतेभित्र आगामी आवको राजस्व र व्यायको अनुमान सम्बन्धित गाउँ वा नगरसभामा पेस गर्नुपर्ने व्यवस्था छ।
यसअघि नै स्थानीय तहले नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार हालसम्म बागमती प्रदेशबाट ३ वटा पालिकाले बजेट ल्याइसकेका छन् भने प्रदेश नम्बर १ बाट एउटा, मधेश प्रदेशबाट २ वटा, गण्डकी प्रदेशबाट २ वटा र सुदूरपश्चिम प्रदेशबाट २ वटा गरी कुल १० वटा स्थानीय तहले बजेट ल्याएका हुन् ।
गण्डकी प्रदेश र कर्णाली प्रदेशले भने हालसम्म एउटा स्थानीय तहले पनि बजेट ल्याएका छैनन् ।
गोरखा । जिल्लामा सुरक्षा व्यवस्थापन र निगरानी कमजोर बन्दै जाँदा चोरीका घटना बढ्न थालेका छन्…
२०८३ कात्तिक ३० गते । बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा अटो रिक्सा दुर्घटना हुँदा एकै परिवारका…
२०८३ कात्तिक २९ गते । मुगुमा हाईलक्स जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ…
गोरखा । २०८३।०७।२२ गोरखाको चुमनुब्री गाउँपालिका–३ फिलिमबाट दुई महिलासहित एक नवजात शिशुको नेपाली सेनाको हेलिकप्टरमार्फत…
गोरखा। गोरखाको चुमनुब्री गाउँपालिका–१ साम्दोस्थित दिन्द्रुक खोलामा सुक्खा पहिरो खस्दा करिब २०० मिटर लामो ताल…
गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…