गोरखा नगरपालिकाको नगर र वडा स्तरीय योजनाको बजेट पारित (कुन वडामा कतिको योजना)

आर्थिक

विराज त्रिपाठी

नगरप्रमुख कृष्णबहादुर रानाको अध्यक्षतामा भएको सभाले नगर र वडा स्तरीय योजनाको बजेट पारित गरेको छ । उपप्रमुख मसली माया थोकरले आगामी वर्षका लागि ९४ करोड ६ लाख ६० हजार पाँच सय रुपैयाँ मध्ये ४३ दशमलव ६२ प्रतिशत पूँजिगत र ५६ दशमलव ३८ प्रतिशत चालुतर्फ बिनियोजन गरेको बताईन । नगर उपप्रमुख थोकरले आगामी वर्ष नगरपालिकाले संचालन गर्ने योजना र बिनियोजन गरेको बजेट प्रस्तुत गरेकी हुन् । नगरपालिकाले आउँदो बर्ष नगरस्तरीय योजनामा एकलाखसम्मका साना योजनालाई बजेट बाँडफाँट । वडाबाट पेश भएका योजनामा भने ५० हजारसम्मका साना कार्यक्रम पनि समेटिएका छन् ।

पूर्वाधार विकास, सामाजिक, आर्थिक स्वास्थ्य क्षेत्र लगायत गरी १४ वटा वडालाई एक/एक करोड बजेट बाँडफाँड गरिएको छ । त्योबाहेक नगरस्तरीय कार्यक्रमबाट पनि वडाका योजना समेटिएका छन् ।

वडा नम्बर १ मा पूर्वाधार विकासतर्फ ४० वटा योजनासहित ५३ वटा योजना वडाबाट छनौट भएका छन् । ४० हजारदेखि १५ लाखसम्मका योजना समेटिएका छन् । वडा नम्बर २ मा पूर्वाधारतर्फ २२, सामाजिक विकास तर्फ १३ वटा योजना छन् । कोखे आहाले प्रहरी चौकीलाई २५ हजारको इन्धनदेखि ५० हजार हुँदै १५लाख सम्मका कार्यक्रम छन् । वडा नम्बर ३ मा भने एकलाख भन्दा कमका योजना छैनन् । पूर्वाधार तर्फ २२ र अन्य १२ वटा योजना छन् । वडा नम्बर ४ मा ५० हजार देखि १३ लाख सम्मका योजना छन् । वडा नम्बर ५ मा २५ लाखदेखि ५० हजारसम्मका योजना छन् । ६ मा ५० हजारदेखि २५ लाखसम्मका कार्यक्रमलाई बजेट विनियोजन गरिएका छन् ।

वडा नम्बर ७ मा गन्धर्व जातिलाई तालिम दिने १५ हजारदेखि पूर्वाधार तर्फ १५ लाखसम्मका योजना छन् । ८ मा पूर्वाधारतर्फ मात्रै ४८ वटा योजना छ । यहाँ ५० हजारका योजना सबैभन्दा धेरै छन् ।

वडा नम्बर ९ मा पूर्वाधार तर्फ ३३ वटा योजना छ भने ५० हजारदेखि १८ लाख सम्मका योजना छन् । वडा नम्बर १० मा एक लाख भन्दा थोरैका योजना छैनन् । पूर्वाधार तर्फ २५ वटा योजना छन् ।

वडा नम्बर ११ मा पूर्वाधारतर्फ ३८ वटा योजना छ भने यहाँ ५० हजारदेखि १५ लाख सम्मका योजना छन् । वडा नम्बर १२ मा पूर्वाधार तर्फ ३३ वटा योजना छन् । ५० हजारदेखि १२ लाख सम्मका योजना यस वडामा छन् ।

वडा नम्बर १३ मा पूर्वाधारतर्फ मात्रै ४४ वटा योजना छ । अधिकतम सात लाखसम्मको योजना मात्रै छ भने एक लाख भन्दा कमका योजना छैनन् । वडा नम्बर १४ मा एक लाख भन्दा कमका योजना छैनन् । पूर्वाधारतर्फ २३ वटा योजना छन् ।

 

सबै वडालाई दामासाहीले एक–एक करोड बजेट दिएर नगरपालिकाले योजना माग गरेको थियो । नगरस्तरीय योजनामा भने वडा नम्बर १ मा ८ वटा योजनाका लागि ४३ लाख, २ मा ७ वटा योजनाका लागि ४८ लाख, ३ मा १३ वटा योजनाका लागि ५८ लाख बजेट बिनियोजन गरिएको छ ।

यस्तै वडा नम्बर ४ मा ९ वटा योजनाका लागि ६७ लाख, वडा नम्बर ५ मा ७ वटा योजनाका लागि ५० लाख, वडा नम्बर ६ मा सात वटा योजनाका लागि ४३ लाख, वडा नम्बर ७ मा आठ वटा योजनाका लागि ६५ लाख बजेट बिनियोजन गरिएको छ । यस्तै वडा नम्बर ८ मा १४ वटा योजनाका लागि ९० लाख, वडा नम्बर ९ मा १२ वटा योजनाका लागि ६७ लाख, वडा नम्बर १० मा नौ वटा योजनाका लागि एक करोड ४९ लाख बिनियोजन भएको छ । यस वडामा ठुटे बजार ताल निर्माणका लागि एक करोड बजेट बिनियोजन गरिएको छ ।

वडा नम्बर ११ मा एउटा मात्र योजनाका लागि एक करोड बिनियोजन भएको छ । पाईलोटिङ प्रोजेक्टका रुपमा नमुना पूर्वाधार विकास तथा रोजगार प्रवद्र्धन कार्यक्रमका लागि त्यहाँ एक करोड बिनियोजन गरिएको हो ।

वडा नम्बर १२ मा १२ वटा योजनाका लागि ६९ लाख, वडा नम्बर १३ मा नौ वटा योजनाका लागि ५० लाख, वडा नम्बर १४ मा ४९ लाख बजेट बिनियोजन गरिएको छ ।

गोरखा नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि बजेट बिनियोजन गरेको छ । असार १० गते स्थगित भएको ११ औँ नगरसभालाई बिहिवार पूर्णता दिँदै नगर उपप्रमुख मसली माया थोकरले आगामी वर्ष नगरपालिकाले संचालन गर्ने योजना र बिनियोजन गरेको बजेट प्रस्तुत गरेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *