९ चैत्र २०८०, शुक्रबार । रुकुम पश्चिम आठविसकोट राडी बजारमा रहेको प्रभु बैंकको शाखा कार्यालयबाट पैसा अपचलन गर्ने निरज विक्रम शाहलाई प्रहरीले पक्राउ गरेको छ ।
शाहले प्रभु बैंकमा रहेको आठविसकोट नगरपालिकामा रहको शाखामा अप्रेशनल इन्चार्ज हुँदा आठविसकोट नगरपालिकाको खाताबाट १ करोड ३१ लाख २५ हजार रुपैयाँ अपचलन तथा दुरुपयोग गरेको प्रहरीले जनाएको छ ।
२०८० माघ ७ गते, १७ गते र १९ गते नगरपालिकाको खाताबाट विभिन्न चेक नम्बरबाट क्रमश २९ लाख रुपैयाँ, ७८ लाख ७५ हजार रुपैयाँ र २३ लाख ५० हजार रुपैयाँ पैसा निकालेको प्रहरीले जनाएको छ ।
शाहलाई पक्राउ गर्न उच्च अदालत सुर्खेतले २०८० फागुन १२ गते अनुमती दिएको थियो । उनलाई प्रहरीले २०८० चैत ८ गते बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १५ जमुनाहबाट पक्राउ गरेको हो ।
शाहलाई उच्च अदालत विरेन्द्रनगर सुर्खेतबाट पहिलो पटक ७ दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
वचतकर्ताको रकम अपचलनको यो घटनापछि प्रभु बैंकको उक्त शाखामा कार्यरत शाहसहित सबै कर्माचारीलाई तत्काल निलम्बन गरेको थियो ।
गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…