Categories: समाचार

नयाँ वर्षको उपलक्ष्यमा गोरखामा पहिलोपटक सडक खाना महोत्सव हुँदै

१३ चैत, गोरखा । ‘सांस्कृतिक कला स्थानीय खाना, पर्यटन प्रर्वद्धन हाम्रो चाहाना’ भन्ने मूलनाराका साथ गोरखामा पहिलोपटक ऐतिहासिक ‘सडक खाना महोत्सव– २०८०’ को आयोजना हुने भएको छ ।

गोरखा सदरमुकामस्थित मंगलबार होटल व्यवसायी सङ्घ गोरखाले होटल गोरखा प्यालेसमा पत्रकार सम्मेलन गर्दै गोरखाको ऐतिहासिक स्थानहरुको पहिचान गराइ पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यका साथै गोरखाका स्थानीयहरु नयाँ बर्ष मनाउन बाहिरी जिल्ला जानपर्ने बाध्यतालाई मध्यनजर गर्दै उक्त ‘सडक खाना महोत्सव– २०८०’ हुन लागेको आयोजकले जनाएको छ।

होटल व्यवसायी सङ्घ गोरखाद्वारा आयोजित उक्त महोत्सव यही चैत ३० गते सञ्चालन हुने होटल व्यवसायी सङ्घ गोरखाका अध्यक्ष निधि तिमिल्सिनाले बताए ।

गोरखा बसपार्क देखि ठुलो आगन सम्मको खुल्ला सडकमा हुने उक्त महोत्सवमा रानीपोखरी परिसरमा मंच बनाइ गोरखाका विभिन्न जातजातिका संस्कृती झल्काउने झाँकी नाच, लोकदोहरी, स्थानीय कलाकारहरुबाट गीत प्रदर्शन आदि हुने अध्यक्ष तिमिल्सिनाले बताए । त्यस्तै रैथाने खानाका परिकार, नेवारी, चाइनिज, इन्डियन, इटालियन तथा बेकरीसहित ५० भन्दा बढी खाना कक्ष रहने जनाएको छ ।

गोरखाको पर्यटन प्रबर्द्धन, स्थानीय परिकार र स्थानीय संस्कृतिको प्रचार प्रसार गर्ने मुल उद्देश्यका साथ उक्त सडक खाना महोत्सव गर्न लागिएको अध्यक्ष तिमिल्सिनाले बताए ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago

प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टाछुट्टै शिष्टाचार भेट

२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…

57 years ago

बाँदर–बँदेल नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना बनाउन संसद्मा प्रस्ताव

काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…

57 years ago

प्रदेश अस्पताल गोरखा १०० शय्यामा स्तरोन्नति हुँदै, सेवाग्राहीको संख्या पनि बढ्दो

२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…

57 years ago