Categories: समाचार

नवज्योती माविका विद्यार्थीलाई सडक सुरक्षा तथा ट्राफिक नियम प्रशिक्षण

१५ चैत २०८०, बिहिवार


गोरखा । जिल्लामा हुने सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले सडक सुरक्षा सचेतना कार्यक्रमहरु गर्दै आएको छ । जिल्लामा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले विभिन्न संघसस्थाको समन्वयमा सवारीसाधनका चालक, विद्यार्थी देखि नागरिकहरुलाई ट्राफिक नियमका बारेमा सचेत गराउनका लागि सडक सुरक्षा तथा ट्राफिक नियमको बारेमा प्रशिक्षण कार्यक्रम गर्दै आएको हो ।

यसैक्रममा बुधवार यूनाइटेड सेभेन युथ क्लब र जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाको संयुक्त आयोजनामा गोरखाको गोरखा नगरपालिका–७ डण्डीडाँडास्थित नवज्योती माध्यमिक बिद्यालयका विद्यार्थीहरुलाई सडक सुरक्षा तथा ट्राफिक नियम सडक सुरक्षा सम्बन्धी सचेतनामूलक प्रशिक्षण दिइएको छ । नवज्योती माध्यमिक बिद्यालयमा अध्ययनरत ५ देखि ९ कक्षासम्मका विद्यार्थीहरुलाई ट्राफिक असई बसन्त पौडेल र हवल्दार दुर्गा बन्जाडेले सडक सुरक्षा सचेतना तथा ट्राफिक नियम सम्बन्धी प्रशिक्षण दिएका हुन् ।

प्रशिक्षणका क्रममा विद्यार्थीहरुलाई सवारीसाधन तथा पैदल रुपमा सडकमा हिड्दा अनिवार्य रुपमा ट्राफिक नियमको पालना गर्न आग्रह गरेका थिए ।लापरवाहीका कारण सडक दुर्घटना हुने र दुर्घटनामा मानवीय क्षती समेत हुने सक्ने जोखिम हुने भएकाले विद्यार्थीहरुलाई अनिवार्य रुपमा लाइसेन्स प्राप्त गरेर मात्र सवारीसाधन चलाउने, सडक पार गर्दा होस वा पैदल यात्राका क्रममा आफ्नो साइडमा हिड्ने, सवारीसाधनको क्षमताभन्दा धेरै नढ्ने र जहाँ पायो त्यहीबाट सडक पार नगर्नेलगायतका बारेमा प्रशिक्षण दिइएको थियो ।

क्लबका अध्यक्ष श्याम आलेले सवारी चालक, सडक प्रयोगकर्ता लगायत विधार्थीहरुलाई सडक सुरक्षा र दुर्घटना न्यूनीकरण सम्बन्धमा सुसूचित गराउने, सडक अनुशासन र सुरक्षित प्रयोगका सम्बन्धमा सचेत गराउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको बताए ।

कार्यक्रम पश्चात क्लबले बिद्यालय आसपासका सडकमा ट्राफिक सचेतनासम्बन्धी साइनबोर्डहरु पनि राखेको थियो।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

नागेपोखरी संरक्षण र पर्यापर्यटन प्रवर्द्धनका लागि दुई दिने पदयात्रा सम्पन्न

गोरखा । डिभिजन वन कार्यालय, गोरखाको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत सिमसार संरक्षण तथा व्यवस्थापन योजनाअनुसार अजिरकोट…

56 years ago

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान भर्न फ्लाई दुबई इच्छुक, ६ घण्टा लामो प्राविधिक निरीक्षण

पोखरा, २० जेठ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान सञ्चालन गर्ने तयारीले नयाँ…

56 years ago

३०० बालबालिकालाई शैक्षिक सामग्री, १४ जनालाई नगद सहयोग

गोरखा। गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा पद्धति विकास सेवा केन्द्र, गोरखाको साझेदारीमा सञ्चालित एकीकृत…

56 years ago

प्रदेश अस्पताल गोरखामा आयुर्वेद थेरापी कक्ष उद्घाटन, स्वास्थ्य सामग्री हस्तान्तरण

गोरखा। प्रदेश अस्पताल गोरखा र गोरखा नगरपालिकाको संयुक्त आयोजनामा प्रदेश अस्पताल गोरखामा आयुर्वेद थेरापी कक्षको…

56 years ago

प्रेमकुमार खत्रीको पहलमा गोरखामा स्वास्थ्य सेवा विस्तार

गोरखा । गोरखाका दुई स्वास्थ्य संस्थामा आधुनिक स्वास्थ्य परीक्षण सेवा विस्तारका लागि करिब ८० लाख…

56 years ago

चौथो राइजिङ स्टार कपको उपाधि द मन्सटर फेमिलीलाई

गोरखा । गोरखा नगरपालिका–१२ को १० किलोस्थित अढाईगाउँ खेलमैदानमा सम्पन्न चौथो राइजिङ स्टार कप फुटबल…

56 years ago