अब लाइसेन्स कार्ड आवश्यक पर्दैन, सुरू भयो ई–चलान

समाचार

आइतबार, ०४ कार्तिक २०८१ । सरकारले डिजिटल लाइसेन्सलाई मान्यता दिँदै अब प्रिन्टसहितको लाइसेन्स खल्तीमा बोक्नुपर्ने झन्झटबाट मुक्त गरेको छ । आइतबार गृहमन्त्री रमेश लेखकले डिजिटल लाइसेन्स जाँच प्रविधिको उद्घाटन गर्दै उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)मा पूर्णडिजिटल प्रविधि लागु भएको घोषणा गरे ।


नागरिक एपमा भएको लाइसेन्स जाँचका लागि ट्राफिक प्रहरीले आफ्नो छुट्टै स्मार्टफोन प्रयोग गर्ने छ । नागरिक एपमा उपलब्ध लाइसेन्ससँगै रहेको क्यूआर कोड स्क्यान गर्दा चालकको विवरण ट्राफिक प्रहरीले प्रयोग गरेको स्मार्टफोनमा देखिने छ । सोही आधारमा ट्राफिक प्रहरीले गरेको जाँचका आधारमा चालकलाई छोड्नुपर्ने हुन्छ ।

यदि, सवारी चालकले ट्राफिक नियम उल्लंघन गरेमा भने ट्राफिक प्रहरीको स्मार्ट फोनमा देखिएको विभिन्न कसुर अन्तर्गतमा छानेर जरिवाना हुने छ । उक्त जरिवानासहितको चिट नम्बर सवारी चालकको नागरिक एपमा सेन्ट हुन्छ । सोही चिटका आधारमा चालकले ई–पेमेन्ट गर्न मिल्ने छ ।

गृहमन्त्री रमेश लेखकले ट्राफिक उल्लंङ्घन रेकर्ड सिस्टम (टिभिआरएस) को ईचलान (डिजिटल चिट) को शुभारम्भ गरेका हुन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल पनि उक्त कार्यक्रममा सहभागी थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *