Categories: समाचार

गोरखामा १३ जना हज तीर्थ यात्रीलाई बिदाई गरियो

२०८१ बैशाख २३ गते


गोरखा । मुस्लिम धर्मालम्वीहरुको प्रमुख तीर्थस्थल साउदी अरेबियाको मक्कामा जाने हज यात्रीहरुलाई आइतबार गोरखामा औपचारिक रुपमा बिदाई तथा सम्मान गरिएको छ ।

जिल्ला प्रसासन कार्यालय गोरखामा आयोजित एक कार्यक्रमका बिच गोरखा बाट जान लागेका १३ जना हाजीहरुलाई पुष्पगुच्छा सम्मान सहित बिदाई गरिएको हो ।


हजका लागि जान लागेका गोरखा नगरपालिका -२ का ११ जना रहमतुल्ला मियाँ, शुरिला मियाँ, महिबुब मियाँ, सरिफा मियाँ, सम्मदिन मियाँ, सानू बिबि मियाँ, पुनरबकस मियाँ, रजिया बिबि, पिर बकस मियाँ, हाजरी बिबि, खुर्सिदा मियाँ र भिमसेनथापा गाउँपालिका-६ का २ जना अहमदिन मियाँ र हनिफा विवि गरिलाई यो वर्ष हजका लागि बिदाइ गरिएको हो । गोरखा बाट हजका लागि अघिल्लो वर्ष भने २३ जना गएका थिए ।

ईस्लाम धर्म अनुसार हजयात्रा प्रत्येक सम्पन्नशाली मुस्लिम व्यक्तिमाथि जिवनभरिमा एक पटक पुरा गर्न अनिवार्य छ । आफनो जिवनको उत्तरदायित्व जस्तै उमेर पुगेका छोराछोरीको विवाह गर्ने, पुर्णरुपमा ऋणहरु चुक्ता गर्ने पर्ने, आमाबुबाको उचित व्यवस्था मिलाउन पर्ने, जिवनमा गरिएको झैझगडाको मेलमिलाप गरि नातेदार छरछिमेकहरुसंग सहकार्य गरेर मात्र जान पाउने छ मुस्लिम धर्मावलम्बीहरुको भनाई छ ।

हज पुरा गर्नका लागि साउदी अरबको मक्का मदिना पुगी सामुहिक नमाज पढने, मक्का मदिनाको ७ चक्कर लगाउने, जनावरको कुर्बानी दिने, सफा मर्वा पहाडीको चक्कर लगाउने दानपुन गर्ने जस्ता धार्मिक क्रियाकलाप गर्न पर्छ । हज पुरा गरेपछि सबै किसिमका पापबाट मुक्ति पाईन्छ भने हज गरेपछि ईस्लामिक क्रियाकलाप बाहेक कुनै प्रकारको गलत काम गर्न नपाईने धर्मावलम्बीहरुले बताए ।


विदाई कार्यक्रममा जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापा मगर, गोरखा नगरपालिकाका नगर प्रमुख कृष्ण बहादुर राना मगर, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, जिल्लाका पत्रकारहरु, मुस्लिम धर्म गुरुहरु लगायतले हज यात्रीहरुलाई शुभकामना दिदै हाजीहरुको हज सफल रहोस भनि कामना गरेका थिए ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago

प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टाछुट्टै शिष्टाचार भेट

२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…

57 years ago

बाँदर–बँदेल नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना बनाउन संसद्मा प्रस्ताव

काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…

57 years ago

प्रदेश अस्पताल गोरखा १०० शय्यामा स्तरोन्नति हुँदै, सेवाग्राहीको संख्या पनि बढ्दो

२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…

57 years ago