प्रतिनिधि सभा गोरखा क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ । गोरखा नगरपालिका–९ स्थित भू तथा जलाधार व्यवस्थापन कार्यालयमा तयार गरिएको मतगणना स्थलमा मतगणना सुरु भएको हो ।
निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै नेकपा एमाले गोरखाले केहि मतदान केन्द्रहरुमा पुन: मतदानको माग गरेको थियो ।
गोरखा–२ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले उम्मेदवार अब्दुस मियाँ, राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी, नेपाली कांग्रेस (बीपी)का एक सय वर्षीय टिकादत्त पोखरेलसहित १२ जना प्रतिनिधिसभा तर्फ उम्मेदवार छन् ।
