एमाले गोरखाले १४ उम्मेदवार सिफारिस गर्‍यो

समाचार

गोरखा।
फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले गोरखाले दुवै निर्वाचन क्षेत्रबाट १४ जना उम्मेदवारको नाम सिफारिस गरेको छ।

पार्टीले गोरखा–१ बाट ८ र क्षेत्र नम्बर २ बाट ६ जनाको नाम प्रदेश कमिटिलाई पठाएको हो।

जिल्ला सचिव काजीराम रोकाका अनुसार निर्वाचन क्षेत्र समन्वय कमिटीको सिफारिसका आधारमा जिल्ला कमिटिले शनिबार नाम सिफारिस गरेको हो। गोरखा–१ मा अमिरकाजी थापा, आरसी लामिछाने, कृष्णप्रसाद काप्री, चेतबहादुर रोकाहा, विशाल थापा, डा. मोदराज वगाले, देवी थापा र लिलानाथ न्यौपाने सिफारिस भएका छन्।

त्यस्तै गोरखा–२ मा मिलन गुरुङ (चक्रे मिलन), बाबुराम थापा, शशिकला देवकोटा पोखरेल, अब्दुल सलाम मियाँ, कमल दानी र वसन्त गुरुङको नाम सिफारिस गरिएको छ। चक्रे मिलनको सिफारिसपछि सामाजिक सञ्जालमा विभिन्न टिप्पणी भइरहेका छन्।

प्रदेश कमिटिको सिफारिसपछि उम्मेदवारको अन्तिम निर्णय केन्द्रले गर्ने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *