Categories: समाचार

दीपशिखा सामुदायिक पुस्तकालयमा ट्याग सुरुवाती कार्यक्रम सम्पन्न

९ असार २०८१, आइतवार


पोखरा । पोखरामहानगर पालिका वडा नं २९ भण्डारढिक स्थित दीपशिखा सामुदायिक पुस्तकालयमा ट्याग परियोजना अन्तर्गत ट्याग सुरुवाती कार्यक्रम सम्पन्न भएको छ ।


पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका उपसचिव भोजराज न्यौपानले ट्याग परियोजना किशोरीहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउने एउटा महत्वपूर्ण कदमको रुपमा रहेको आफूले महशुस गरेको वताए । न्यौपानेले किशोरीहरुको भविष्यप्रति आशावादी कुराहरु राख्दै उनीहरुको सशक्तिकरणका लागि सरकारको तर्फबाट गरिने पहलहरुबारेमा स्पष्ट पारेका थिए ।

यसै गरी रिड नेपालका सिनियर ट्याग कोओर्डिनेटर भाग्यश्री बिष्टले यस परियोजना अन्तर्गत किशोरीहरुलाई जीवन सीप, नेतृत्व विकास, लैंगिक समानता, यौन तथा प्रजनन स्वास्थ्य, वित्तीय साक्षरता र उद्यमशीलता सम्बन्धी प्रशिक्षण दिइने कुरा उल्लेख गरिन् । यस्तै अर्का ट्याग कोओर्डिनेटर दीक्षा अधिकारीले अभिभावकहरुलाई आफ्ना नानीहरुलाई सहयोग गरी यस परियोजनाका सीपबाट व्यक्तित्व विकास गर्न आग्रह गरिन् ।

कार्यक्रममा जनप्रकाश मावि व्यवस्थापन समितिका अध्यक्ष बाबुराम सुवेदी, सरस्वती टीका मावि प्रधानाध्यापक सुर्यराज अधिकारी, त्रिभुवन शान्ति नमुना मावि प्रधानाध्यापक सोमत कुमारी लामिछाने, पट्नेरी आधारभूत विद्यालयका प्रधानाध्यापक रामचन्द्र आचार्य, लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष एवं पुस्तकालय सल्लाहकार छत्रधर आत्रेय, भण्डारढिक टोल विकास संस्थाका अध्यक्ष अरुण गुरुङ, मेन्टर टिचर सावित्री भण्डारी र एलिसा केसीले शुभकामना दिएका थिए ।

दीपशिखा सामुदायिक पुस्तकालयका कोषाध्यक्ष माधव भण्ठारीले स्वागत गरेको कार्यक्रम पुस्तकालयका सचिव पदमप्रसाद अधिकारीले सञ्चालन गरेका थिए । परियोजना १० महिनासम्म चल्ने कार्यालय प्रमुख धनु पहारीले जानकारी दिइन् ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा ग्यास चोरी पुष्टि, गणेश भाडा पसललाई ३ लाख जरिवाना; ‘जरिवाना तिरेरै उन्मुक्ति?’

गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…

57 years ago

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago