विरिञ्चोक सामुदायिक बनको अध्यक्षमा राना

समाचार

२० पुष, गोरखा। गोरखा नगरपालिका–१० विरिञ्चोक स्थित विरिञ्चोक सामुदायिक बन उपभोक्ता समूहको २९ औं वार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । शुक्रबार सामुदायिक वनको भवनमा एक कार्यक्रमका वीच साधारणसभा तथा अधिवेशन सम्पन्न भएको थियो ।

वनका अध्यक्ष वीर बहादुर रानाको अध्यक्षता र गोरखकाली सव–डिभिजन गोरखा १२ किलोका कार्यालय प्रमुख विनोद गायकको आतिथ्यमा, गोरखा बन महासंघका अध्यक्ष भुमि प्रसाद रेग्मीको विशेष आतिथ्यमा तथा बनका उपभोक्ताहरु १६८ जनाको उपस्थितिमा कार्यक्रम समपन्न भएको हो ।

अधिवेशनले पुनः वीर बहादुर रानाको अध्यक्षतामा नयाँ ९ सदस्यीय कार्यसमिती चयन गरेको छ । जसको उपाध्यक्षमा सानी माया रम्तेल, सचिवमा भक्त बहादुर राना, सह सचिवमा हरि कुमार श्रेष्ठ र कोषाध्यक्षमा कस्मीता थापा चयन भएका छन् । भने सदस्यहरुमा सम्झना वि.क, रन्जीता राना, सीता गोतामे र सीता रम्तेल चयन गरिएको छ ।

यसैगरी बनका सचिव माया रानाले सचिवको प्रतिबेदन प्रस्तुत गर्दै बन संरक्षण गर्न जति धेरै रुखहरु रोप्न र जोगाउन सकियो मानव जातिको उत्तिनै कल्याण हुने भएको हुँदा र मानव जिवनको अभिन्न अंंग हो भन्ने चेतना समाजमा जगाउन बिशेष अभियान चलाउन आवश्यक भएको बताए । कार्यक्रममा कोषाध्यक्ष जीवन रानाले आर्थिक बर्ष ०७९/०८० को आयव्यय प्रतिबेदन प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *