Categories: समाचार

जेष्ठ नागरिकको ज्ञान र सिपको उपयोग गर्नुपर्दछः सभामुख धिताल

९ असार २०८१, आइतवार

पोखरा । गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले जेष्ठ नागरिको ज्ञान, सिप र अनुभवको उपयोग गर्नुृपर्ने बताउनु भएको छ । राष्ट्रिय जेष्ठ नागरिक महासंघ केन्द्रीय समितिको आयोजना एवम् महिला तथा वालवालिका मन्त्रालयको सहयोगमा पोखरामा शनिवार आयोजित जेष्ठ नागरिक संस्थाहरुको अनुगमनमा सरोकारवालासंग भएको अन्तरकृया कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो ।

जेष्ठ नागरिक भनेका समाजका जिउदो इतिहास भएको बताउँदै उहाँले उनीहरुको योगदानको उच्च कदर गर्दै सामाजिक, आर्थिक र राजनितीक क्षेत्रको ज्ञान नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । राष्ट्रिय परिचय पत्र विना सामाजिक सुरक्षा भक्ता वितरण नगर्ने सरकारको निर्णयले जेष्ठ नागरिकले दुःख पाएको धारणा राख्दै सभामुख धितालेले भन्नुभयो, “घर घरमा पुगेर जेष्ठ नागरिकलाई परिचयपत्र वितरण गर्ने व्यवस्था मिलाउनु अपरिहार्य छ ।”

कार्यक्रममा जेष्ठ नागरिकसंग सम्वन्धित बिभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । सो अवसरमा हेप्पि हेल्पका संस्थापक डा. यज्ञमान शाक्य, राधाकृष्ण बृद्धाश्रमका प्रेम लिगल, दलित महासंघका केन्द्रीय अध्यक्ष खरिलाल विश्वकर्मा, जेष्ठ नागरिक समिति पोखरा १७ अध्यक्ष टोपराज ढुबगाना, उपाध्यक्ष विष्णुमाया बास्तोला र समाजसेवी गिरा पन्त कोइरालालाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो ।

राष्ट्रिय जेष्ठ नागरिक महासंघका केन्द्रीय सदस्य एवम् कार्यक्रम संयोजक मोहनलाल श्रेष्ठले जेष्ठनागरिकको संवैधानिक हक हित र सुविधाको प्रत्याभूति हुने गरि कार्यान्वयन गर्न सरकारसंग माग गर्नुभयो । महासंघका महासचिव कुशुमकेशव पराजुली, आयुर्वेद चिकित्सक विपी रेग्मीले जेष्ठ नागरिकका हक अधिकारका विषयमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्नु भएको कार्यक्रममा सम्मानति व्यक्तित्व टोलपराज ढुङ्गाना, संघका गण्डकी प्रदेश अध्यक्ष उमान सिंह कार्की र जिल्ला अध्यक्ष केशव ढकालले जेष्ठ नागरिकको आश्रममा नभई घरघरमा नै राख्ने व्यवस्था गर्दै परिवारलाईचेतनामूलक सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिनु भएको थियो ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

बसपार्क होटलमा युवती हत्या प्रकरण: दुई पक्राउ, लुटिएको एक लाख रुपैयाँको बदलामा हत्या

काठमाडौंको नयाँ बसपार्कस्थित होटल माउन्टेन एल्सिभामा साउन ३ गते मृत फेला परेकी २५ वर्षीया युवतीको…

57 years ago

बारीमा काम गर्न गएका युवक मृत फेला

गोरखा, साउन ५ । गोरखाको भीमसेन थापा गाउँपालिका–२ बगुवाका ३३ वर्षीय सागर भट्ट मृत अवस्थामा…

57 years ago

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३३ जना घाइते

चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरेस्थित मुग्लिङ–नारायणगढ सडकखण्डमा आइतबार बिहान दुई बस र एक ट्रक एकापसमा ठोक्किँदा…

57 years ago

पर्सामा धान रोपिरहेका बेला चट्याङ पर्दा सात महिला घाइते

पर्साको पकहामैनपुर गाउँपालिका–१ स्थित सीमावर्ती क्षेत्रमा धान रोपिरहेका बेला चट्याङ पर्दा सात जना महिला घाइते…

57 years ago

माइक्रोबस दुर्घटनामा सहचालकको मृत्यु, सात यात्रु घाइते

रुपन्देहीको ओमसतिया गाउँपालिका–२ सरस्वती टोलस्थित सिद्धार्थ राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ…

57 years ago

८ महिनामै बनेको लुदी खोला मोटरेबल पुल उद्घाटन, मनकामना यात्रामा सहजता

गोरखा। गोरखाको स्याउली बजार–भट्टफाँट–मनकामना सडक अन्तर्गत निर्माण सम्पन्न भएको लुदी खोला मोटरेबल पुल उद्घाटन गरिएको…

57 years ago