भदौ २३ । गोरखा नगरपालिका–१० बिरेन्चोकमा रहेको गण्डकी बचत तथा ऋण सहकारी संस्थाको ११ औ अधिवेशन सम्पन्न भएको छ । शनिवार सम्पन्न भएको अधिवेशनले देवीमाया खनालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । जसको उपाध्यक्षमा गोमा काप्री, सचिवमा ज्ञानु राना, कोषाध्यक्ष र सहसचिवमा लक्ष्मी धमला चयन भएका छन् ।
सदस्यहरुमा बविता सुनार, पार्वती गोर्खाली, प्रमिला घिमिरे, सितारा मालवुल, चन्दा बिक, बिनिता कोइराला र सानुमाया राना रहेका छन् । अधिवेशनले सावित्रा थापा पुलामीको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति पनि गठन गरेको छ । जसको सदस्यहरुमा कस्मिता थापा र अन्जना पोखरेल रहेका छन् । त्यस्तै माया रानाको संयोजकत्वमा तीन सदस्यीय ऋण समिति पनि गठन भएको संस्थाकी सचिव ज्ञानु रानाले बताइन् । समिति सदस्यहरुमा गिता आले र सविना श्रेष्ठ रहेका छन् ।सुमित्रा रेग्मी संयोजकत्वको तीन सदस्यीय शिक्षा समिति पनि गठन भएको रानाले जानकारी दिइन् । जसको सदस्यहरुमा रुमा भट्टराई र गिता पोखरेल रहेका छन् ।
संस्थाकी अध्यक्ष नेत्रावती बगालेको अध्यक्षता तथा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख अतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा गोरखा नगरपालिकाकी उपप्रमुख मसलीमाया थोकर लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा संस्थाका उत्कृष्ट महिला समूहहरु, जेष्ठ नागरिक र एक महिलालाई पनि सम्मान गरिएको छ । उनीहरुलाई दोसल्ला ओडाएर कदर पत्रले सम्मान गरिएको बताइएको छ ।
