जेष्ठ नागरिकको ज्ञान र सिपको उपयोग गर्नुपर्दछः सभामुख धिताल

समाचार

९ असार २०८१, आइतवार

पोखरा । गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले जेष्ठ नागरिको ज्ञान, सिप र अनुभवको उपयोग गर्नुृपर्ने बताउनु भएको छ । राष्ट्रिय जेष्ठ नागरिक महासंघ केन्द्रीय समितिको आयोजना एवम् महिला तथा वालवालिका मन्त्रालयको सहयोगमा पोखरामा शनिवार आयोजित जेष्ठ नागरिक संस्थाहरुको अनुगमनमा सरोकारवालासंग भएको अन्तरकृया कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो ।

जेष्ठ नागरिक भनेका समाजका जिउदो इतिहास भएको बताउँदै उहाँले उनीहरुको योगदानको उच्च कदर गर्दै सामाजिक, आर्थिक र राजनितीक क्षेत्रको ज्ञान नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । राष्ट्रिय परिचय पत्र विना सामाजिक सुरक्षा भक्ता वितरण नगर्ने सरकारको निर्णयले जेष्ठ नागरिकले दुःख पाएको धारणा राख्दै सभामुख धितालेले भन्नुभयो, “घर घरमा पुगेर जेष्ठ नागरिकलाई परिचयपत्र वितरण गर्ने व्यवस्था मिलाउनु अपरिहार्य छ ।”

कार्यक्रममा जेष्ठ नागरिकसंग सम्वन्धित बिभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । सो अवसरमा हेप्पि हेल्पका संस्थापक डा. यज्ञमान शाक्य, राधाकृष्ण बृद्धाश्रमका प्रेम लिगल, दलित महासंघका केन्द्रीय अध्यक्ष खरिलाल विश्वकर्मा, जेष्ठ नागरिक समिति पोखरा १७ अध्यक्ष टोपराज ढुबगाना, उपाध्यक्ष विष्णुमाया बास्तोला र समाजसेवी गिरा पन्त कोइरालालाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो ।

राष्ट्रिय जेष्ठ नागरिक महासंघका केन्द्रीय सदस्य एवम् कार्यक्रम संयोजक मोहनलाल श्रेष्ठले जेष्ठनागरिकको संवैधानिक हक हित र सुविधाको प्रत्याभूति हुने गरि कार्यान्वयन गर्न सरकारसंग माग गर्नुभयो । महासंघका महासचिव कुशुमकेशव पराजुली, आयुर्वेद चिकित्सक विपी रेग्मीले जेष्ठ नागरिकका हक अधिकारका विषयमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्नु भएको कार्यक्रममा सम्मानति व्यक्तित्व टोलपराज ढुङ्गाना, संघका गण्डकी प्रदेश अध्यक्ष उमान सिंह कार्की र जिल्ला अध्यक्ष केशव ढकालले जेष्ठ नागरिकको आश्रममा नभई घरघरमा नै राख्ने व्यवस्था गर्दै परिवारलाईचेतनामूलक सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *