राजनीति

राजीनामा बुझाउन गएका रास्वपा मन्त्रीहरू किन त्यसै फर्किए?

२० असार २०८१, बिहिवार


राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले तत्काल राजीनामा नदिने भएका छन्। आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार राजीनामा दिन पुगेका रास्वपाका मन्त्रीहरू राजीनामा नदिई फर्किएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहालसँग भएको छलफल पछि अहिलेलाई राजीनामा नदिने निर्णय भएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बताए।

प्रधानमन्त्री दाहालले संसदबाट विश्वासको मत लिने र त्यसका लागि सहयोग गर्न भनेपछि हामीले राजीनामा नदिने निर्णय गरेको पनि प्रमुख सचेतक परियारले बताए।

उनले भने, ‘पछिल्लो राजनीतिक घटना क्रमको विषयमा छलफल प्रधानमन्त्रीसँग छलफल भयो। उहाँले संसदमा वर्तमान राजनीतिक परिस्थितिको म सामना गर्छु भन्नुभयो। मलाई केही कुरा जनतालाई भन्नु छ पनि प्रधानमन्त्री ज्यूले भनेपछि उहाँको संवैधानिक अधिकारको सम्मान गर्दै तत्काललाई राजीनामा दिएनौं।’

रास्वपाबाट मन्त्री बनेकाहरू राजीनामा पत्र बोकेरै प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago

प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टाछुट्टै शिष्टाचार भेट

२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…

57 years ago

बाँदर–बँदेल नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना बनाउन संसद्मा प्रस्ताव

काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…

57 years ago

प्रदेश अस्पताल गोरखा १०० शय्यामा स्तरोन्नति हुँदै, सेवाग्राहीको संख्या पनि बढ्दो

२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…

57 years ago