राजीनामा बुझाउन गएका रास्वपा मन्त्रीहरू किन त्यसै फर्किए?

राजनीति

२० असार २०८१, बिहिवार


राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले तत्काल राजीनामा नदिने भएका छन्। आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार राजीनामा दिन पुगेका रास्वपाका मन्त्रीहरू राजीनामा नदिई फर्किएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहालसँग भएको छलफल पछि अहिलेलाई राजीनामा नदिने निर्णय भएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बताए।

प्रधानमन्त्री दाहालले संसदबाट विश्वासको मत लिने र त्यसका लागि सहयोग गर्न भनेपछि हामीले राजीनामा नदिने निर्णय गरेको पनि प्रमुख सचेतक परियारले बताए।

उनले भने, ‘पछिल्लो राजनीतिक घटना क्रमको विषयमा छलफल प्रधानमन्त्रीसँग छलफल भयो। उहाँले संसदमा वर्तमान राजनीतिक परिस्थितिको म सामना गर्छु भन्नुभयो। मलाई केही कुरा जनतालाई भन्नु छ पनि प्रधानमन्त्री ज्यूले भनेपछि उहाँको संवैधानिक अधिकारको सम्मान गर्दै तत्काललाई राजीनामा दिएनौं।’

रास्वपाबाट मन्त्री बनेकाहरू राजीनामा पत्र बोकेरै प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *