गोरखा । लगातारको वर्षाले रुन्चेत खोला बढेपछि धार्चे गाउँपालिका वडा २ का रुन्चेतमा ३ वटा पानी घट्टा बगाएको छ । स्थानीय नेवार गुरुङ, दीपक गुरुङ, छन्सीङ गुरुङ तथा महराज गुरुङको घट्टा खोलाले बगाएको हो ।
आइतबार राती परेको अबिरल वर्षा पछि आएको बाढीले उक्त घट्टा बगाएको हो । बाढीले अधिकाशं घट्टाका सामान समेत लगेको छ । ‘मेरो त जाँतो, मदानी भेटियो,’ घट्टा सञ्चालक नेवार गुरुङले भने,‘अन्यसाथीहरुको नाम निसाना समेत केही भेटिएन ।’ बाढीले घट्टा राखिएको ठाउँ आसपासको जमिन सबै कटान गरेको छ ।
स्थानीय रामपती गुरुङले खोला छेउको बारीमा लगाएको ४० वटा उतिसको रुख समेत बाढीले लगेको छ । यसैगरी अमलसिंह गुरुङको अलैंची बारीमा पनि क्षति पुगेको छ । ‘अब यही ठाउँमा फेरी घट्टा बनाउन सम्भब होला जस्तो लाग्दैन,’ गुरुङले भने,‘घट्टा हुँदा गाउँलेहरुलाई अन्न पिस्न त सजिलो भएको थियो । हामीलाई पनि घर परिवार चलाउन मद्दत मिलेको थियो ।’ २८ वर्ष भन्दा अघि देखि पानी घट्टा सञ्चालन गरेको गुरुङले एक पाथी अन्न पिसेको ५ मुठी अन्न वा रु १५ नगद लिने गरेका थिए ।
स्थानीयहरु पानी घट्टामा मकै, कोदो, गहँु, जौ, चामल पिस्दै आइरहेका थिए । ‘मेलै पहिला चुमनुब्रीको घट्टा खोला, सिर्दिबासमा यस्तो घट्टा देखे,’ उनले भने, ‘त्यहाँ देखेपछि हुन्छ कि भनेर मैले गाउँमै बनाए र भयो पनि, अहिलेसम्म सबै राम्रै भइरहेको थियो ।’ गाउँमै पहिलो पटक पानी घट्टा राखेका उनको २०५४ सालको सुरुमा बाढीले लगेको तितो अनुभब सुनाए ।
‘पहिला पनि बाढीले लिएर गयो,’ उनले भने, ‘अहिले फेरी बनाएको पनि २६ वर्ष पछि बाढीले तहसनसह बनायो ।’ हालसम्म पनि केन्द्रीय प्रसारण लाइन विद्युत नपुगेको उक्त गाउँमा आधुनिक मिल छैन । केही वर्ष अगाडी मात्र कादुरी नामक संस्थाले निर्माण गरिएको मिल पनि जीर्ण अबस्थामा छ ।
विद्युतको पावर नपुग्दा उक्त मिल भनेको बेला चल्न पनि सक्दैन । मिलमा पिसेको अन्नको तुलनामा घट्टामा पिसेको स्वादिष्ट हुने स्थानीयको विश्वास छ । ‘पहिला घट्टा नहुँदा बिहान खाने बिहानै र बेलुका नै बेलुका जाँतो पिस्ने गर्दथ्यो, धेरै पिस्न सक्दैन्थ्यो,’ स्थानीय सोनी गुरुङले भनिन,‘घट्टा आएपछि त्यो समस्या हट्यो, तर, हिजो आएको बाढीले घट्टा बगाएपछि फेरी त्यो दिन फर्कियो ।’
अब भने महिलाहरुलाई कामको भारी समेत बढको अर्की महिला कमस्या गुरुङले गुनासो गरिन । ‘जाँतोमा अन्न पिस्न धेरै समय लाग्छ छाक पु¥याउन पनि गा¥हो हुन्छ,’ उनले भनिन, ‘हामीलाई त कामको भारी पनि बढ्यो ।’ गोरखाको धार्चे र चुमनुब्रीका अधिकाशं ठाउँमा कोदो, फापर, गहुँ, जौ जस्ता खाद्यन्न बाली मात्र उत्पादन हुन्छ । त्यहाँका स्थानीयले घट्टा पिसेर उक्त अन्नका विभिन्न परिकार बनाएर खाने गर्छन् ।
यातायातको साधन समेत नपुगको उक्त ठाउँमा चामल पुगेपनि निकै महंगो पर्ने गर्छ । सरकारले चुमनुब्री सिद्र्धिबास र धार्चेको माछाखोलामा डिपो सञ्चालन गरेर सहुलियतको चामल समेत उपलब्ध गराउने गरेको छ । उक्त चामल लिन दिनहुँ लगाएर जानु पर्ने भएकाले स्थानीय अन्न बढि प्रयोग हुने गर्छ ।
गोरखा । यही बैशाख ११ गतेदेखि गोरखामा खुल्ला ठाडो भाका प्रतियोगिता आयोजना हुने भएको छ।…
काठमाडौँ । सरकारले विश्वविद्यालय तथा क्याम्पस परिसरभित्र रहेका विद्यार्थी संगठनका ब्यानर, झन्डा, भित्ते लेखनलगायत संरचना…
गोरखा । ऐतिहासिक तथा आध्यात्मिक महत्व बोकेको गोरखा पुनः राष्ट्रिय चेतना जागरणको केन्द्र बन्ने दिशामा…
गोरखा । गोरखा जेसीजद्वारा आयोजित दोस्रो गोरखा जेसीज फुटसल प्रतियोगिता २०२६ सफलतापूर्वक सम्पन्न भएको छ।…
गोरखा । नयाँ वर्ष २०८३ लाई लक्षित गर्दै गोरखा सदरमुकाममा ‘तेस्रो रैथाने खाना तथा सडक…
गोरखा । गोरखामा आगामी वैशाख ३ गतेदेखि दोस्रो अन्तरपालिका उप–मेयर भलिबल प्रतियोगिता हुने भएको छ।…