धार्चे पहिरो: ४ जनाको शव भेटियो, १ जनाको खोजी जारी

समाचार

बिराज त्रिपाठी


गोरखा, २०८१ साउन १४ । उत्तरी गोरखाको धार्चे गाउँपालिका-५, सिङ्लास्थित रेसेफाँटमा पहिरोमा परी बेपत्ता भएका चार जनाको शव फेला परेको छ ।

६० बर्षीय सुलाल कान्छा गुरुङ, उनका छोरा ३७ बर्षीय जीतबहादुर गुरुङ, बुहारी ३५ वर्षकी कान्छीमाया गुरुङ र रमेश गुरुङको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी रमेशकुमार श्रेष्ठले बताए ।

रेसेफाँट पहिरोमा हराएका ५ जनामध्ये चार जना मृत भेटिएका हुन् । ७० वर्षीय सुलाल कान्छा गुरुङ र जितबहादुर गुरुङको पहिरोले पुरेको घर भन्दा २० मिटर तल शव फेला परेको डीएसपी श्रेष्ठले जानकारी दिए । त्यस्तै रमेश गुरुङको शव पहिरोले घर बगाएको ठाउँ भन्दा ३० मिटर तल भेटिएको छ । अहिले पहिरोमा बेपत्तामध्ये १ जनाको खोजी भइरहेको डीएसपी श्रेष्ठल जानकारी दिए ।

सोमबार नेपाली सेनासहित सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा भएको खोजी कार्यमा चार जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

शनिवार राति भीषण पहिरामा पाँच जना बेपत्ता भएका थिए । बेपत्ताको खोजीका लागि घटनास्थलमा डोजरको प्रयोग गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *