Categories: समाचार

महाकालीमा हाम फालेर १७ वर्षीया किशोरी बेपत्ता

१३ साउन । अहिले सामाजिक सञ्जालमा एक महिला महाकाली नदीमा हाम फालेको भिडियो देखापरिरहेको छ । यो घटना दार्चुलाको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता ज्ञानेन्द्र सिंहका अनुसार शनिबार साँझ दुहु गाउँपालिका-४ थारा बस्ने १७ वर्षिया धनिसा कुँवरले सदरमुकाम खलङ्गास्थित रिङ्नेताल भन्ने ठाउँबाट नदीमा हाम फालेकी थिइन् ।

प्रहरीका अनुसार उनी हाम फाल्न भनेर नदीको डिलमा पुगेको भनेर स्थानीयले खबर गरेका थिए । लगत्तै प्रहरी टोली खटिएको थियो । प्रहरी र स्थानीयले उनलाई सम्झाइबुझाइ गरेका थिए । तर, नमानेपछि उनलाई समात्न एक प्रहरी नजिकै गएका थिए । त्यही बेला कुँवरले नदीमा हाम फालेकी थिइन् ।

लगत्तै खोजीकार्य सुरु गरे पनि उनी फेला नपरेकी प्रहरीले जनाएको छ । उनको घरका परिवारका सदस्यहरुसँग बुझ्दा पनि उनी हाम फाल्नुको कारण नखुलेको दार्चुला प्रहरी प्रवक्ता सिंहले जानकारी दिएका छन् ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago

प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टाछुट्टै शिष्टाचार भेट

२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…

57 years ago

बाँदर–बँदेल नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना बनाउन संसद्मा प्रस्ताव

काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…

57 years ago

प्रदेश अस्पताल गोरखा १०० शय्यामा स्तरोन्नति हुँदै, सेवाग्राहीको संख्या पनि बढ्दो

२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…

57 years ago

पहिरोपीडितलाई भेट्दै सांसद देवकोटा, क्षतिग्रस्त क्षेत्रको निरीक्षण

गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा…

57 years ago