Categories: समाचार

पोखरा महानगरद्धारा ८ पसलमा अनुुगमन, ११ हजार मुल्य बराबरको सामग्री नष्ट

पोखरा,  असोज १८ गते । पोखरा महानगरपालिकाले चाडपर्व लक्षित अनुुगमन सुरु गरेको छ ।नेपालीहरुको पर्व बडा दशैँ नजिकिएसंगै महानगरले अनुुगमन सुुरु गरेको हो । महानगर उपभोक्ताहित संरक्षण समितिका संयोजक मञ्जुुदेवी गुुरुङको नेतृत्वमा शुुक्रबार पोखराका विभिन्न ८ वटा पसलमा अनुुगमन गरिएको हो ।पोखरा वडा नम्वर २ रहेका भवानी पुजा सामग्री, महालक्ष्मी पुजा सामग्री भण्डार, सेलवेज क्यास एण्ड क्यारी प्रालि, एसएए स्टोर्स, गौचन स्टोर्स, ओझा किराना पसल, वडा नम्बर ३ मा रहेको साथी सपिङ सेन्टर र पोखरा ८ मा रहेको सहारा ट्रेडिङमा अनुुगमन गरिएको हो ।

अनुुगमनका क्रममा म्याद गुु्ज्रेका खाद्य सामग्री, सरकारले प्रविन्ध गरेको प्लाष्टिकको माला तथा फुुलका गुुच्छा जफत गरि ११ हजार १ सय ७९ रुपैयाँ बराबरको सामग्री नष्ट गरिएको छ । अनुुगमनका क्रममा भवानी पुजा सामग्रीमा प्रतिबन्धित प्लाष्टिकका माला र फुलका गुुच्छा नष्ट गरिएको छ भने प्याकेजिङ अनुुमतिपत्र नलिई प्याकेजिङ गरेर विक्री वितरण गरेको, व्यवसाय नविकरण नगरेको र थप कारबाहीका लागि कार्यालयमा उपस्थित हुन निर्देशन दिइको छ । महालक्ष्मी पुजा सामाग्रीमा १५ सय बराबरको प्लाष्टिकका माला नष्ट गरिएको छ । उक्त पसलमा मुल्यसुचि नभएको ब्यवसाय दर्ता, नापतौलको दर्ता नभएको , लेवल नभएका सामाग्री विक्रीवितरण गरेको पाइएको छ ।

त्यस्तै एसएस स्टोर्समा अनुुगमनका क्रममा १५ सय मुुल्य बराबरको म्याद गुुज्रेको आइस क्र्रिम नष्ट गरिएको थियो भने प्याकेजिङ, ब्राण्डिङको इजाजत नलिएको, लेवल नखुलेको सामान विक्रीविरतण गरेको, ब्यवसाय दर्ता नभएको पाइएकाले पोखरा महानगरमा उपस्थित हुन निर्देशन दिइएको छ । साथी सपिङ सेन्टरमा म्याद गुुज्रेका तेल, मकैको मिठो, दाल चिनिको चुलो, मसला गरी ४ हजार १ सय ३९ रुपैयाँ बराबरको सामाग्री नष्ट गएिको महानगर सहकारी तथा उद्योग शाखाका अधिकृत ऋषिराम सापकोटाले जानकारी दिए । यता ओझा किराना पसलबाट बदाम, चोकोज, कुुरकुुरे जिरा,पानीपुरी आदि गरेर १ हजार २ सय ३० रुपैयाँ मुल्य बराबरको सामग्री नष्ट गरिएको छ । अनुुगमनका क्रममा गौचन स्टोर्सबाट १७० रुपैयाँ मुल्य बराबरको म्याद गुज्रेको दुुई पोका सफल दहि नष्ट गरिएको छ । पोखरा २ मा रहेको सेलवेज क्यास एण्ड क्यारी प्रालिमा म्याद गुुज्रेको २ सय ग्रामको पनिर र फुुलको खाने तेल एक लिटर गरी ६ सय ४० रुपैयाँ मुल्य बराबरको सामग्री नष्ट गरिएको छ ।

अनुुगमनका महानगरका उपप्रमुख एवं अनुुगमन समितिका संयोजक मञ्जुुदेवी गुुरुङ, महानगरका प्रशासन महाशाखा प्रमुुख कृष्णप्रसाद तिवारी, महानगर उद्योग शाखाका अधिकृत ऋषिराम सापकोटा, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि उमाकान्त रेग्मी, गुुणस्तर तथा नापतौल कार्यालय पोखराका प्रतिनिधि रघुुनाथ पौडेल, खाद्य प्रविधि तथा गुण  नियन्त्रण कार्यालय पोखराका प्रतिनिधि रविना सुनार, महानगर सहकारी तथा उद्योग शाखाका प्रतिनिधि राजुु सुवेदी, महानगरस्तीय राष्ट्रिय उपभोक्ता मञ्चका प्रतिनिधि हुुमनाथ अधिकारी लगायतको सहभागीता रहेको थियो । अनुुगमन गरिएका सात वटै पसलका संचालकलाई असोज २१ महानगरमा अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको छ । चाडपर्व धेरै सामाग्रीको खपत हुने भएकाले मुल्यबृद्धि गर्ने र म्याद गुुज्रेका सामग्रीहरु समेत बिक्री वितरण हुने भएकाले अनुुगमन गरिएको महानगर उपप्रमुख एवं अनुुगमन समितिका संयोजक मञ्जुुदेवी गुुरुङले बताउनुुभयो ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा ग्यास चोरी पुष्टि, गणेश भाडा पसललाई ३ लाख जरिवाना; ‘जरिवाना तिरेरै उन्मुक्ति?’

गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…

57 years ago

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago