आइतबार, ०४ कार्तिक २०८१ । सरकारले डिजिटल लाइसेन्सलाई मान्यता दिँदै अब प्रिन्टसहितको लाइसेन्स खल्तीमा बोक्नुपर्ने झन्झटबाट मुक्त गरेको छ । आइतबार गृहमन्त्री रमेश लेखकले डिजिटल लाइसेन्स जाँच प्रविधिको उद्घाटन गर्दै उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)मा पूर्णडिजिटल प्रविधि लागु भएको घोषणा गरे ।
नागरिक एपमा भएको लाइसेन्स जाँचका लागि ट्राफिक प्रहरीले आफ्नो छुट्टै स्मार्टफोन प्रयोग गर्ने छ । नागरिक एपमा उपलब्ध लाइसेन्ससँगै रहेको क्यूआर कोड स्क्यान गर्दा चालकको विवरण ट्राफिक प्रहरीले प्रयोग गरेको स्मार्टफोनमा देखिने छ । सोही आधारमा ट्राफिक प्रहरीले गरेको जाँचका आधारमा चालकलाई छोड्नुपर्ने हुन्छ ।
यदि, सवारी चालकले ट्राफिक नियम उल्लंघन गरेमा भने ट्राफिक प्रहरीको स्मार्ट फोनमा देखिएको विभिन्न कसुर अन्तर्गतमा छानेर जरिवाना हुने छ । उक्त जरिवानासहितको चिट नम्बर सवारी चालकको नागरिक एपमा सेन्ट हुन्छ । सोही चिटका आधारमा चालकले ई–पेमेन्ट गर्न मिल्ने छ ।
गृहमन्त्री रमेश लेखकले ट्राफिक उल्लंङ्घन रेकर्ड सिस्टम (टिभिआरएस) को ईचलान (डिजिटल चिट) को शुभारम्भ गरेका हुन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल पनि उक्त कार्यक्रममा सहभागी थिए।
गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…