विराज त्रिपाठी
गोरखा ,३० कार्तिक २०८१ । आउँदो मंसिर १६ मा हुने गण्डकी प्रदेशको एउटा वडामा मात्र हुन लागेको उपनिर्वाचनका लागि गोरखा सदरमुकाममा आज (शुक्रबार) मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।
गोरखा नगरपालिका वडा नम्बर ५ को वडा कार्यालयमै अधिकृतको कार्यालय स्थापना गरिएको हो। जिल्ला न्यायाधिश तथा मुख्य निर्वाचन अधिकृत शिवबहादुर रानाभाटले कार्यालय उद्घाटन गरेका हुन्।
निर्वाचन कार्यतालिका अनुसार आज यो कार्यालय स्थापना गरिएको हो। कार्यतालिका अनुसार मंसिर २ मा उम्मेदवारी मनोनयन हुनेछ। मंसिर ४ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने तालिका रहेको कार्यालय प्रमुख टेकबहादुर कोइरालाले बताए । उम्मेदवारको नाम फिर्ताका लागि मंसिर ५ गते दिउँसो एक बजेसम्मको समय दिइएको उनले जानकारी दिए ।
सोही दिन उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने र १६ गते निर्वाचन हुने बताइएको छ । मंसिर १३ गते राती १२ बजेबाट चुनावी प्रचारप्रसार गर्न नपाइने कार्यालयले जनाएको छ ।
यसअघिका वडाध्यक्ष खिलबहादुर रानाको २०७९ साल कात्तिक १० गते भाइटिकाको दिन असामयिक निधन भएको थियो । त्यसयता रिक्त रहेको वडाध्यक्ष पदका लागि यही मंसिर १६ गते उपनिर्वाचन हुन लागेको हो ।
जनशक्ति आधारभूत बिद्यालय अमराई र गोरखकाली आधारभूत बिद्यालय स्वाँरालाई मतदान स्थल तोकिएको छ । जनशक्तिमा दुई वटा मतदान केन्द्र र गोरखकालीमा एउटा मतदान केन्द्र रहने कार्यालयले जनाएको छ । उक्त वडामा दुई हजार २२५ मतदाता रहेको कार्यालयको जनाएको छ।
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…
गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…