राजनीति

बागलुङका सञ्चालित योजना निरीक्षणमा गण्डकीका भौतिकमन्त्री

पोखरा, २ मंसिर


गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले बागलुङमा सञ्चालित योजनाहरुको निरीक्षण गरेका छन् । मन्त्री केसीसहित मन्त्रालयको टोलीले शुक्रबार र शनिबार बागलुङका चार वटा योजनाको निरीक्षण गरेको हो ।

टोलीले शुक्रबार गल्कोट–हरिचौर–हिल्ल्तार–म्याग्दी सडक, शनिबार बुर्तिबाङ–तमानखोला–लमेला सडक र गाडीखोला– ढोरपाटन सडकसँगै चक्ती खोलामा बनेको पुलको निरीक्षण गरेको हो ।

गल्कोट–हरिचौर–म्याग्दी १०.८९४ किलोमिटर सडक स्तरोन्नतीका लागि २०७६ साल कात्तिक २७ मा २८ करोड १५ लाख ७ हजारमा एमएस एपेक्स खड्का कृष्ण जेशीसँग सम्झौता भएको थियो । सम्झौता अवधि सकिन करिब ५ महिना बाँकी रहेको सडकको काम ६७ प्रतिशत सकिएको छ ।बुर्तिबाङ–तमानखोला १०.२ किलोमिटर सडक गत साउनमा २ वर्षभित्र सक्ने गरी सम्झौता भएको छ । निर्माणका लागि एसी कन्ट्रक्सनले १२ करोड ७४ लाख ७ हजार ८ सय ४२ रुपैयाँमा सम्झौता गरेको थियो ।

सडकको निरीक्षण गर्दै मन्त्री केसीले समयसीमा भित्र काम सक्न निर्माण व्यवसायीलाई निर्देशन दिए । उनले जनताबाट गुनासो नआउने गरेर काम गर्नसमेत आग्रह गरे ।

यस्तै चक्ति खोलामाथि बनेको २.८ किलोमिटर पुलसँगै १०.३६० किलोमिटर गाडीखोला–ढोरपाटन सडकको निर्माण सकिएको छ । उक्त सडकको निरीक्षण गर्दै मन्त्री केसीले गाडीखोलाबाट ढोरपाटन जोड्न सकिए यात्रा थप सहज हुने भन्दै थप सडक निर्माणमा चासो व्यक्त गरे ।

अनुमगनपछि मन्त्री केसीले बागलुङका योजनाबारे पूर्वाधार विकास कार्यालय बागलुङसँग छलफलसमेत गरेका थिए । छलफलका क्रममा पूर्वाधार विकास कार्यालय बागलुङका कार्यालय प्रमुख सीडीई दिनेशकुमार घिमिरेले बागलुङका योजनाबारे मन्त्री केसीलाई योजनाबारे जानकारी गराए । घिमिरेले कार्यालयमा कर्मचारीको समस्या रहेको भन्दै थप कर्मचारी पठाइदिन आग्रह गरे ।

भौतिक पूर्वाधार मन्त्रालयका सचिव कमल प्रसाद अधिकारीले छलफल गरेर कर्मचारी पठाउने प्रतिबद्धता व्यक्त गरे । भौतिक मन्त्री केसीले समयसिमाभित्र निर्माण सक्ने गरी ठेकेदारलाई काम लगाउन कार्यालय प्रमुखलाई निर्देशन दिए । ‘केही समस्या छ भने त्यहिअनुसार अगाडि बढ्नुहोला । जनगुनासो कत्ति पनि नआओस् कुनै पनि काममा । पार्दशी तरिकाले गर्नुहोला, गुणस्तरयुक्त काम गर्नेमा ध्यान दिनुहोला । भोलि गएर कुनै पनि कुरा सुन्न नपरोस्,’ उनले भने । काम छोडेर गएका ठेकेदारलाई मन्त्रालयमै बोलाएर छलफल गर्ने मन्त्री केसीले बताए ।

नेकपा (एमाले)का सांसद केसी गत भदौ १७ मा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री नियुक्त भएका थिए । मन्त्री बनेपछि केसीले अत्यावश्यकबाहेक भेला, समारोह, गोष्ठीजस्ता काममा नजाने योजनाअनुसार निर्णय गरेका थिए । त्यसयता मन्त्री केसी मन्त्रालयकै आन्तरिक काममा व्यस्त छन् ।

मन्त्री बनेको साढे दुई महिना अवधि मन्त्रालयको प्रशासनिक र भौतिक अवस्था, वार्षिक विकास कार्यक्रमका योजनाको अवस्था, मन्त्रालय मातहतका निकायको प्रगति र समस्या बुझ्न खर्चिएको मन्त्री केसीले सुनाए । अब बेलाबखत प्रदेश सरकारको लगानीमा निर्माणाधीन योजनाको निरीक्षणमा निस्कने बताए । `ठूला योजना जसले जनताको आर्थिक, सामाजिक उन्नतिक हिसाबले अर्थ राख्छ ती योजनाको बेलाबखत निरीक्षण गर्छु,´ उनले भने, `फिल्डमा जाँदा यथार्थ बुझिन्छ । आफू स्वयं गएर बुझेपछि अबको बजेटमा ती योजना समेट्न, संघ सरकारको सहयोग चाहिएमा प्रधानमन्त्री, भौतिक मन्त्रीसँग भन्न पनि सजिलो हुन्छ ।´

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago

प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टाछुट्टै शिष्टाचार भेट

२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…

57 years ago

बाँदर–बँदेल नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना बनाउन संसद्मा प्रस्ताव

काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…

57 years ago

प्रदेश अस्पताल गोरखा १०० शय्यामा स्तरोन्नति हुँदै, सेवाग्राहीको संख्या पनि बढ्दो

२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…

57 years ago