समाचार

मनकामना देखि गोरखकाली मन्दिरसम्म खुल्ला म्याराथन हुने

गोरखा । प्रसिद्ध धार्मिक स्थल मनकामना देखि गोरखकाली मन्दिरसम्म ४२.१९५ किलोमिटर दुरीको खुला गोरखा म्याराथन दौड प्रतियोगिता हुने भएको छ ।

गण्डकी प्रदेश खेलकुद परिषदको बार्षिक कार्यक्रम अनुसार जिल्ला खेलकुद विकास समिति गोरखाको आयोजनामा मंसिर २९ गते खुला गोरखा म्याराथन दौड प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिता मार्फत गोरखा जिल्लाको दुई प्रसिद्ध र महत्त्वपूर्ण धार्मिक केन्द्रको प्रचार प्रसारसँगै जिल्लालाई खेलकुद केन्द्रका रूपमा विकास गर्न तथा यूवा खेलाडी उत्पादन गर्नका लागि म्याराथन दौडले महत्वपूर्ण भूमिका खेल्ने आयोजकले जनाएको छ ।

मनकामनादेखि सुरु हुने दौड ताक्लुङ, तिनमाने भञ्ज्याङ, घैरुङ, नाम्जुङ, काहुले भंगार(लखन थापा स्मारक), वुंकोट, ढुंगगाडे, अस्पतालचोक, हरमटारीचोक, बसपार्क, कालोबर चौतारा, तिनचापे खानेपानी कार्यालय, पस्लाङ चौतारा, धारापानी, बीपी चौतारा, ठूलोआँगन, सतिपिपल, गैह्रीकुवा, हनुमानढोका(गोरखकाली मन्दिर) हुँदै हनुमान थानमा पुगेर टुङ्गिने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्ण सिंह(शान्त) बस्नेतले जानकारी दिए ।

प्रतियोगितामा १ सय ५० भन्दा बढी धावकको सहभागिता रहने आयोजकको अनुमान रहेको छ । प्रतियोगितामा प्रथम हुनेले एक लाख ५० हजार, द्वितीय हुनेले १ लाख र तृतीय हुनेले ७५ हजार नगद पुरस्कार पाउने छन् ।

त्यस्तै, चौथो हुनेले ६० हजार, पाँचौँ हुनेले ५० हजार, छैटौँ हुनेले ४० हजार, सातौँ हुनेले ३५ हजार, आठौँ हुनेले २५ हजार, नवौँ हुनेले २० हजार र १० औँ हुनेले १५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतियोगिता संचालनका लागि २७ लाख ११ हजार दुई सय ५० रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago

प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टाछुट्टै शिष्टाचार भेट

२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…

57 years ago

बाँदर–बँदेल नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना बनाउन संसद्मा प्रस्ताव

काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…

57 years ago

प्रदेश अस्पताल गोरखा १०० शय्यामा स्तरोन्नति हुँदै, सेवाग्राहीको संख्या पनि बढ्दो

२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…

57 years ago