Categories: समाचार

आफन्तलाई ठेक्का दिँदा २ बर्ष नवित्दै बाटो भत्किन थाल्यो

विराज त्रिपाठी

गोरखा नगरपालिका वडा–१० चिप्लेटी ढकाल खोलामा बनाईएको ढलानको बाटो २ वर्ष नहुदै भत्किन थालेको छ ।

उक्त बाटोमा ३० लाखको नगर बजेट वडा स्तरिय अनुगमन गर्ने गरि बजेट हालिएको थियो । चिप्लेटी पिचको बाटो बाट कच्ची बाटो हुँदै झर्नुपर्ने हुँदा झरीको समयमा उक्त वासिन्दाहरुलाई धेरै नै सास्ति भोग्नु पर्ने अवस्था थियो । झरीको समयमा बाटो कच्चि र हीलो हुने र पानीले बाटो विगार्ने हुदा पानी नपर्ने समयमा पनि एमबुलेन्स सेवा बाट पनि बञ्चित हुन पर्ने अवस्था थियो तर बाटो बनि सक्दा धेरै नै सजिलो भएको त्याँहाको बासिन्दाले जानकारी दिनु भयो । तर बासिन्दाहरु धेरै खुशी भएको २ बर्ष नवित्दै भत्किन थाल्दा वासिन्दाहरु पुनः सेवा सुविधा बाट बञ्चित हुनपर्ने भन्ने त्रासमा छन । अव कहिले सम्म बाटो टिक्ने हो भनि अन्योलमा त्याहाँका बासिन्दाले ईअस्त्र न्यूजलाई जानकारी दिएको थियो ।


चिप्लेटी ढकाल खोला सडक निर्माणको लागि वडा स्तरिय अनुगमन तथा कार्यभार सुम्पिदा उक्त समयका वडा अध्यक्ष देवी बहादुर बस्नेतले आफ्नो आफन्त भान्जा पर्ने मिलन खड्कालाई ठेक्का दिइएको थियो । ठेक्का दिए अनुसार आफन्त हुनाले अनुगमन नगरी मापदण्ड विपरित काम गरेको देखिन्छ । ईअस्त्र न्यूजको टिम त्याहाँ जाँदा ठाउँ–ठाउँमा ढलान भत्किन थालेको र भित्र भागमा राख्नुपर्ने रट बाहिर नै देखिन थालेको अवस्था छ । ढलान गरेको बाटोमा अहिले ठाउँ ठाउँमा राम्रो सँग मसला प्रयोग नभएको र कच्चा पदार्थ पनि सस्तो र गुणस्तरहिन देखिएको छ । आफ्नो आफन्तलाई ठेक्का दिने र सरकारी बजेट सदुपयोग  नहुदा पनि सम्बन्धित निकायको ध्यानकर्षण नहुदा त्याँहाका बासिन्दा आक्रोसित देखिन्छन् ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा ग्यास चोरी पुष्टि, गणेश भाडा पसललाई ३ लाख जरिवाना; ‘जरिवाना तिरेरै उन्मुक्ति?’

गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…

57 years ago

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago