गोरखा नगरपालिका वडा १० मा सेवा सुबिधाका लागी २ वडा कार्यालय 

समाचार

विराज त्रिपाठी

गोरखा: गोरखा नगरपालिका वडा १० को कार्यालयले सेवा बिस्तार गरि दुई ठाँउ बाट सेवा दिने भएको छ । छेपेटार स्थित साझा भबनमा आज बाट सेवा बिस्तार गर्न गोरखा नगरपालिका का उपप्रमुख मसली माया थोक्कर (सपना पुन) बाट उद्घाटन गरिएको छ । भौगोलिक आधारमा गोरखा नगरपालिका वडा १० जनसंख्याको आधारमा बिरेन्चोक र छेपेटार गरि दुई ठाँउमा बिभाजित रहेको छ । नागरिकता जस्ता कामका लागि बाटो पर्ने भएता पनि वडा बाट हुने सामान्य काम का लागि पनि बिरेन्चोक जानपर्ने हुँदा वडा कार्यालय ले वडा १० का सेवाग्राहीका लागि यस्तो योजना लेराइएको वडा कार्यलयका अध्यक्ष प्रदिप कुन्वरले जानकारी दिनु भयो ।

कुन्वरका अनुसार भगौलिक हिसाबले फरक ठाँउ भएकै कारण बिरेन्चोक तथा छेपेटारका सेवाग्राहीलाई वडा कार्यलय कता हुने  दुबिधा बाट बन्चित गर्न र सेवा सुबिधा पनि बराबर दिने र सेवाग्राही लाई हामी बाट अथवा कार्यलय बाट पाउने सेवाको अभाव महसुस नगराउने हाम्रो प्रतिबद्धता रहेको जानकारी दिनु भयो ।

आइतबार, मगलबार, बिहिबार छेपेटार स्थित साझा को सेवा कार्यालय बाट रहने र सोमबार, बुधबार र शुक्रबार  बिरेनचोक स्थित वडा कार्यालय बाट हुने साथै सेवा संचालन हुने सबै दिन बिरेनचोक कार्यालय खुला रहने गोरखा नगरपालिका वडा १० का कार्यालय सचिब प्रकाश ढकालले जानकारी दिनु भयो ।

उक्त कार्यक्रम गोरखा नगरपालिकाका उप प्रमुख , नगरपालिका भित्रका वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

1 thought on “गोरखा नगरपालिका वडा १० मा सेवा सुबिधाका लागी २ वडा कार्यालय 

Leave a Reply

Your email address will not be published. Required fields are marked *