विराज त्रिपाठी
गोरखा नगरपालिका वडा–१० चिप्लेटी ढकाल खोलामा बनाईएको ढलानको बाटो २ वर्ष नहुदै भत्किन थालेको छ ।
उक्त बाटोमा ३० लाखको नगर बजेट वडा स्तरिय अनुगमन गर्ने गरि बजेट हालिएको थियो । चिप्लेटी पिचको बाटो बाट कच्ची बाटो हुँदै झर्नुपर्ने हुँदा झरीको समयमा उक्त वासिन्दाहरुलाई धेरै नै सास्ति भोग्नु पर्ने अवस्था थियो । झरीको समयमा बाटो कच्चि र हीलो हुने र पानीले बाटो विगार्ने हुदा पानी नपर्ने समयमा पनि एमबुलेन्स सेवा बाट पनि बञ्चित हुन पर्ने अवस्था थियो तर बाटो बनि सक्दा धेरै नै सजिलो भएको त्याँहाको बासिन्दाले जानकारी दिनु भयो । तर बासिन्दाहरु धेरै खुशी भएको २ बर्ष नवित्दै भत्किन थाल्दा वासिन्दाहरु पुनः सेवा सुविधा बाट बञ्चित हुनपर्ने भन्ने त्रासमा छन । अव कहिले सम्म बाटो टिक्ने हो भनि अन्योलमा त्याहाँका बासिन्दाले ईअस्त्र न्यूजलाई जानकारी दिएको थियो ।

चिप्लेटी ढकाल खोला सडक निर्माणको लागि वडा स्तरिय अनुगमन तथा कार्यभार सुम्पिदा उक्त समयका वडा अध्यक्ष देवी बहादुर बस्नेतले आफ्नो आफन्त भान्जा पर्ने मिलन खड्कालाई ठेक्का दिइएको थियो । ठेक्का दिए अनुसार आफन्त हुनाले अनुगमन नगरी मापदण्ड विपरित काम गरेको देखिन्छ । ईअस्त्र न्यूजको टिम त्याहाँ जाँदा ठाउँ–ठाउँमा ढलान भत्किन थालेको र भित्र भागमा राख्नुपर्ने रट बाहिर नै देखिन थालेको अवस्था छ । ढलान गरेको बाटोमा अहिले ठाउँ ठाउँमा राम्रो सँग मसला प्रयोग नभएको र कच्चा पदार्थ पनि सस्तो र गुणस्तरहिन देखिएको छ । आफ्नो आफन्तलाई ठेक्का दिने र सरकारी बजेट सदुपयोग नहुदा पनि सम्बन्धित निकायको ध्यानकर्षण नहुदा त्याँहाका बासिन्दा आक्रोसित देखिन्छन् ।
