खेलकुद

आइटिएफ जे३० पोखरा टेनिस ः आरव र शिवाली सिंगल्सतर्फको फाइनलमा

पोखरा । जे३० पोखरा आइटिएफ वल्र्ड टेनिस टुर सर्किट २ अन्तर्गत सिंगल्सतर्फ आरव सम्राट हाडा र शिवाली गुरुङले फाइनलमा स्थान बनाएका छन् ।

कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगिताको पाँचौ दिन आफ्नो उत्कृष्ट लयलाई कायम गर्दै फाइनलमा स्थान पक्का गरेका हुन् । नेपाली खेलाडीहरुले होम ग्राउण्डमा विश्वस्तरीय खेल प्रदर्शन गर्दै जितको लयलाई कायम मात्रै गरेनन् उनीहरु उपाधि होडमा समेत स्थान पक्का गरे ।

ब्वाइज सिंगल्सतर्फ वरियतामा नं ३ समेत रहेका आरव सम्राट हाडाले अस्ट्रेलियाका उदाउँदा खेलाडी प्रतिक नविनलाई ६–४, ६–४ को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएका छन् । फाइनलमा उनको भेट भारतीय खेलाडी आश्रब्य मेहरा संग हुने पक्का भएको छ । आश्रव्यले सेमीफाइनलमा चीनका सिउयुआन गुओलाई लाई ६–४, ६–४ ले पराजित गरे । आश्रब्य सर्किट १ का उपविजेता समेत् हुन् ।

यस्तै गल्र्स सिंगल्सतर्फ सेमिफाइनलमा नेपालकी शिवाली गुरुङले शानदार खेल प्रदर्शन गर्दै भारतकी अर्जन खोरकिवालालाई ६–२, ६–४ ले पराजित गरी फाइनलमा स्थान बनाइन् । शिवालीले फाइनलमा मंगोलियाकी मार्टा चोग्सोमजाभ संग भिड्ने भएकी छन् । सेमीफाइनलको खेल चलिरहँदा भारतकी माहिका खन्ना रिटायर्ड हर्ट हुँदै मैदान छोड्नु परेको थियो । उनी मैदान छोड्नु अघि मार्टा पहिलो सेटमा ४–० ले अघि थिइन् ।

ब्वाइज डबल्स फाइनल
शुक्रबार ब्वाइज तथा गल्र्स डबल्सतर्फका फाइनल खेलहरु सम्पन्न भएका छन् । जसमा ब्वाइजतर्फ भारतीय जोडी आदित्य मोर र अधिराज ठाकुरले आफ्नै देशका आरव चावला र ओजस मेहलावतलाई ७–५, ६–२ ले पराजित गरे ।
यस्तै गल्र्स डबल्समा मार्टा चोग्सोमजाभ (मङ्गोलिया) र यिजिया झाओ (चीन) को जोडीले भारतीय जोडी दिशा बेहरा र अर्जन खोरकिवालालाई ६–२, ६–४ ले पराजित गर्दै उपाधि जिते ।

कास्की जिल्ला टेनिस संघका अनुसार भोली (शनिबार) सिंगल्सतर्फका फाइनल खेलहरु बिहान साढे ९ बजे सुरू हुने छन् । भोली हुने समापन कार्यक्रममा बिजेता खेलाडीहरुलाई मेडल वितरण गरिने छ ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago

प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टाछुट्टै शिष्टाचार भेट

२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…

57 years ago

बाँदर–बँदेल नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना बनाउन संसद्मा प्रस्ताव

काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…

57 years ago

प्रदेश अस्पताल गोरखा १०० शय्यामा स्तरोन्नति हुँदै, सेवाग्राहीको संख्या पनि बढ्दो

२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…

57 years ago

पहिरोपीडितलाई भेट्दै सांसद देवकोटा, क्षतिग्रस्त क्षेत्रको निरीक्षण

गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा…

57 years ago