कास्की २० पुस । साविक विजेता एपीएफलाई ४–१ ले पराजित गर्दै संकटा क्लब आहा रारा गोल्डकपको फाइनलमा पुगेको छ।
पोखरा रंगशालामा बुधबार भएको सेमीफाइनल खेलमा संकटाका खेलाडी स्टेफन बिनोङले २ र मेसुके ओलामाउले २ गोल गरे। नयाँ खेलाडी भित्राएर प्रतियोगितामा भाग लिएको संकटाका लागि गोल गर्नै दुवैजना विदेशी खेलाडी हुन्। पोखरामा जारी २२ औं आहा रारा गोल्डकपको सेमीफाइनल खेल सुरु भएको ४ मिनेटमै संकटाका लागि स्टेफन बिनोङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए।खेलको ४२ औं मिनेटमा संकटाकै अर्का खेलाडी मेसुके ओलामाउले अर्को गोल गर्न सफल भए।
त्यसैगरी, खेलको ६० औं मिनेटमा पुनस् स्टेफन बिनोङले दोस्रो गोल गर्दै संकटालाई ३–० को अग्रता दिलाए।खेलमा निकै आक्रमक बने पनि एपीएफका खेलाडीले भने पटक९पटक पाएको अवसर गुमाएका थिए। खेलको ७३ औं मिनेटमा हरि कार्की एपीएफका लागि पहिलो गोल गर्न सफल भएका थिए।तर, ८५ औं मिनेटमा संकटाका खेलाडी मेसुकेले पुनस् अर्को गोल गर्दै संकटाको ४९१ को जित पक्का गरे।
