गोरखा । श्री गण्डकी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आज बिहीवार गोरखा जिल्लास्थित गोरखा नगरपालिका-१०, बिरिन्चोकको बिरे डाँडाकोमा निःशुल्क आँखा जाँच शिविर कार्यक्रम सम्पन्न गरेकाे छ।
कार्यक्रम विहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म चलेकाे थियाे। उक्त शिविरमा आँखाको विशेष जाँच गरिएको थियो भने निःशुल्क औषधि एवम् चस्मा वितरण गरिएकाे थियाे।
श्री गण्डकी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा, गोरखा नगरपालिका वडा नम्बर १० को आर्थिक सहयोग तथा गोरखा लायन्स आँखा सेवा केन्द्रको प्राविधिक सहयोगमा आयोजित निःशुल्क आँखा शिविरमा कुल २२३ जना बिरामीको आँखा परीक्षण गरिएको थियो। सो मध्ये ४५ जनालाई चस्मा वितरण गरेको र २६ जना बिरामीको आँखामा मोतिया बिन्दु रोग ठहर भएकोमा तत्कालै ४ जनाको शल्यक्रिया गर्नुपर्ने चिकित्सकले बताएका छन्।
मोतीबिन्दु ठहर भएका ४ जना बिरामीलाई यही महिना भित्र गोरखा लायन्स आँखा सेवा केन्द्र लगेर अन्य आवश्यक जाँच पश्चात् निःशुल्क आँखाको शल्यक्रिया गरिने र अन्य बिरामीलाई समेत समयावधि तोकि शल्यक्रिया गर्ने योजना रहेको संस्थाका प्रबन्ध निर्देशक लक्ष्मी अंगाईले जानकारी दिएकी छन्।
गोरखा । पालुङटार नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत ४ हजार ५८२ जना विद्यार्थीको सामूहिक दुर्घटना…
गोरखा प्रहरीले ट्रामाडोल लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार बिहीबार…
गोरखा,असार २४ । गोरखा नगरपालिका–११ को १२ किलो क्षेत्रमा रहेको ओख्ले पाखा सामुदायिक वन क्षेत्रभित्र निर्माण…
गोरखा, असार २२ । गोरखा जिल्लालाई पुनः पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ।…
२१ असार २०८३ । डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा आइतबार बोलेरो जिप दुर्घटना हुँदा एक जनाको…
चितवन । चितवन राष्ट्रिय निकुञ्जको कुख्यात जंगली भाले हात्ती ‘ध्रुवे’को आक्रमणमा भरतपुर महानगरपालिका–२३ की २१…