Categories: समाचार

गोरखा देखि गोरखपुरसम्म ‘खिचडी यात्रा’ सुरु

गोरखा । गोरखाको प्रसिद्ध धार्मिकस्थल गोरखनाथ मन्दिरबाट शुभसाइत गरी बाजागाजा मङ्गलधुन स्वस्तिक वाचनसहित भारतको उत्तर प्रदेशस्थित गोरखपुरमा रहेको गोरखानाथ मन्दिरसम्म ‘खिचडी यात्रा’ सुरु भएको छ।

धार्मिक तथा सांस्कृतिक महत्वको गोरखाको गोरखनाथ कालिका मन्दिरको प्रचारप्रसार गर्ने उद्देश्यले गोरखा नगरपालिका र होटल ब्यवसायी संघ गोरखाको समन्वयमा राष्ट्रिय गौ संरक्षण संघ गोरखाले आज बिहान गोरखपुरका लागि ‘खिचडी यात्रा’ सुरु गरेको गौमाता सेवा महासङ्घ गोरखाका अध्यक्ष होमसिंह बस्न्यातले जानकारी दिए ।

बस्न्यातका अनुसार माघी पर्वका अवसरमा प्राचीनकालदेखि नै गोरखनाथ मन्दिरबाट गोरखपुरको गोरखनाथ मन्दिरमा खिचडी पठाउने प्रचलन भएता पनि २० वर्षभन्दा बढी समयदेखि रोकिएको उक्त परम्परा गत वर्षदेखि पुनः निरन्तरता दिइएको उनले बताए । साथै उनले गोरखपुरको गोरखनाथ मन्दिरमा माघी पर्वका ब्रह्ममूर्तको समयमा खिचडी चढाएपछि मात्रै खिचडी भोग गर्ने परम्परा रहेको बताउँदै खिचडी पुर्‍याउने परम्पराको पुनः थालनी गरेसँगै भारतको उत्तर प्रदेश र गोरखाबीचको धार्मिकसम्बन्ध अझै बलियो हुँदै जाने र यसले गोरखामा धार्मिक पर्यटक बढाउन सकिने अध्यक्ष बस्न्यातको भनाइ छ।

गोरखाबाट गएको खिचडीमा गाईको ध्यू, चामल र दाल काँचो रहेको छ । परम्परा अनुसार गोरखपुरको गोरखनाथमा गोरखाबाट लगिएको खिचडी पहिलो पटक पकाएर गुरु गोरखनाथलाई प्रसादको रुपमा चढाएपछी मात्र अन्य स्थानको खिचडी चढ्ने गर्दछ ।

यात्रामा गोरखा नगरपालिकाका केही वडाध्यक्षका सहित ६० जना सहभागी छन् । गोरखाबाट लगेको खिचडी गोरखपुरको गोरखनाथमा चढाएपछी यात्रामा गएका सबै जना मंगलबार गोरखा फर्कने कार्यक्रम रहेको राष्ट्रिय गौ संरक्षण संघ गोरखाले जानकारी दिएको छ ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago

प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टाछुट्टै शिष्टाचार भेट

२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…

57 years ago

बाँदर–बँदेल नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना बनाउन संसद्मा प्रस्ताव

काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…

57 years ago

प्रदेश अस्पताल गोरखा १०० शय्यामा स्तरोन्नति हुँदै, सेवाग्राहीको संख्या पनि बढ्दो

२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…

57 years ago

पहिरोपीडितलाई भेट्दै सांसद देवकोटा, क्षतिग्रस्त क्षेत्रको निरीक्षण

गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा…

57 years ago