२० वर्ष पछि पुनः गोरखाको गोरखनाथ कालिका मन्दिरदेखी भारतको गोरखपुरसम्म ‘खिचडी यात्रा’ सुरु

समाचार

पुष २९, गोरखा । हराएको संस्कृतिलाई जोगाउन र गोरखामा धार्मिक पर्यटकको आर्कषण बढाउन गोरखाको गोरखनाथ कालिका मन्दिरदेखी भारतको गोरखपुरसम्म ‘खिचडी यात्रा’ २० वर्ष पछि पुनः सुरु भएको छ ।

राजा पृथ्वी नारायण शाहले नेपाल एकिकरण गरि सकेपछि ‘खिचडी यात्रा’ को सुरुवात भएको तर नेपालमा राजाको बहिरगमन भएपछि यो यात्रा पनि रोकिएको गौमाता सेवा महासंघ गोरखाका संयोजक होमसिंह बस्न्यातले जानकारी दिए ।

सो यात्रा पुनः सुरुवात गर्न शनिबार क्षमा पूजा गरी शुभसाईत गरेर आइतबार विहान ७ बजे गोरखाबाट खिचडीसंगै बाजागाजा, मंगलधुन, स्वस्तीक वाचन सहित गोरखाको गोरखनाथदेखि १३० जनाको टोलीले भारतको गोरखपुरमा रहेको गोरखनाथ मन्दिरसम्मको यात्रा सुरु गरिएको हो ।

चामल, मासको दाल, ध्यू, नुन, बेसार लगायतका खाद्यबस्तु मिलाएर बनाईएको खिचडीलाई उत्तर प्रदेशमा रहेको गोरखनाथ मन्दिरमा माघी पर्वका ब्रहममूर्तको समयमा चढाएपछि मात्र त्यहाँ प्रसादको रुपमा खिचडीलाई भोग गर्ने परम्परा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *