माघ १८ – नेपाली कांग्रेसको भातृ संगठन युथ कांग्रेस नेपालले सामाजिक सञ्जालको प्रयोग तथा नियमन सम्बन्धी विधेयक २०८० मा रहेका प्रावधानप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ। संगठनले उक्त विधेयक अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने खालको रहेको भन्दै सरकारलाई फिर्ता लिन आग्रह गरेको छ।
युथ कांग्रेस नेपालले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ कि नेपाली कांग्रेस लोकतान्त्रिक मूल्य, मान्यता र नागरिक अधिकारको सुनिश्चितताका लागि अडिग रहेको पार्टी हो। स्वतन्त्रता लोकतन्त्रको आधारभूत स्तम्भ भएको भन्दै संगठनले सामाजिक सञ्जाल सम्बन्धी ल्याइएको विधेयक नागरिक स्वतन्त्रताको प्रतिकूल हुने धारणा राखेको छ।
विधेयकमा समेटिएका कतिपय प्रावधान अस्पष्ट, व्याख्या गर्न कठिन र सरकारलाई निरंकुश अधिकार दिने खालका रहेको युथ कांग्रेस नेपालको ठहर छ। नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि (ICCPR) को धारा १९ मा उल्लेखित तीन–खण्डे परीक्षण (Three-part Test) को सिद्धान्तअनुसार अभिव्यक्ति स्वतन्त्रता माथि लगाइने कुनै पनि प्रतिबन्ध स्पष्ट, आवश्यक र उचित हुनुपर्ने भए पनि हालको विधेयकमा यी मापदण्डको पालना नगरिएको विज्ञप्तिमा उल्लेख छ।
युथ कांग्रेस नेपालका अनुसार विधेयकले वर्गीय, जातीय, धार्मिक, क्षेत्रीय वा साम्प्रदायिक सम्बन्धी सरकारी नीतिहरूको आलोचना गर्ने, सुधारको माग गर्ने वा मानव अधिकारसम्बन्धी रिपोर्टिङ गर्ने व्यक्तिलाई सजिलै अपराधीकरण गर्न सक्ने व्यवस्था राखेको छ।
युथ कांग्रेस नेपालले अस्पष्ट कानुनको प्रयोग सरकारको मनमौजी व्याख्या तथा दुरुपयोग हुन सक्ने भन्दै फौजदारी न्यायको सिद्धान्तविपरीत रहेको टिप्पणी गरेको छ। यस्तो विधेयकले नागरिकलाई अभिव्यक्ति स्वतन्त्रता प्रयोग गर्दा भयको वातावरण सिर्जना गर्ने भन्दै पुनर्लेखन नगरी हालकै स्वरूपमा पारित गरिए संविधान तथा अन्तर्राष्ट्रिय कानुनको समेत उल्लङ्घन हुने विज्ञप्तिमा उल्लेख छ।
युथ कांग्रेस नेपालले लोकतान्त्रिक मूल्यको रक्षा गर्दै नागरिक स्वतन्त्रताको पक्षमा दृढ रूपमा उभिन प्रतिबद्ध रहेको बताएको छ। साथै, संगठनले सरकारलाई नागरिक अधिकार कुण्ठित हुने कुनै पनि कानुन नल्याउन आग्रह गर्दै उक्त विधेयक तत्काल फिर्ता लिन माग गरेको छ।
गोरखा । डिभिजन वन कार्यालय, गोरखाको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत सिमसार संरक्षण तथा व्यवस्थापन योजनाअनुसार अजिरकोट…
पोखरा, २० जेठ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान सञ्चालन गर्ने तयारीले नयाँ…
गोरखा। गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा पद्धति विकास सेवा केन्द्र, गोरखाको साझेदारीमा सञ्चालित एकीकृत…
गोरखा। प्रदेश अस्पताल गोरखा र गोरखा नगरपालिकाको संयुक्त आयोजनामा प्रदेश अस्पताल गोरखामा आयुर्वेद थेरापी कक्षको…
गोरखा । गोरखाका दुई स्वास्थ्य संस्थामा आधुनिक स्वास्थ्य परीक्षण सेवा विस्तारका लागि करिब ८० लाख…
गोरखा । गोरखा नगरपालिका–१२ को १० किलोस्थित अढाईगाउँ खेलमैदानमा सम्पन्न चौथो राइजिङ स्टार कप फुटबल…