Categories: समाचार

पूर्वराजा ज्ञानेन्द्र शाह गोरखा यात्रामा, धार्मिक स्थलहरूको दर्शन गर्ने

गोरखा । पूर्वराजा ज्ञानेन्द्र शाह यसै साता गोरखा जाने भएका छन्। गोरखास्थित गोरखनाथ, गोरखकाली तथा मनकामना मन्दिरमा पूजा अर्चना गर्ने उद्देश्यले उनी गोरखा जान लागेका हुन्।

सम्बाद सचिव डा. फणीराज पाठकले बुधबार सूचना जारी गर्दै पूर्वराजाले धार्मिक अनुष्ठानका लागि गोरखा जाने जानकारी गराएका छन्।

प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा शाहले दिएको अभिव्यक्ति र पछिल्लो समय राजावादीहरूका गतिविधिका कारण मुलुकको राजनीति तरङ्गित भइरहेको बेला उनको गोरखा यात्रा महत्वपूर्ण रूपमा हेरिएको छ।

पूर्वराजा शाह पछिल्लो समय विभिन्न धार्मिक तथा सामाजिक कार्यक्रममा सक्रिय देखिएका छन्। गोरखा यात्राले पनि राजनीतिक तथा सामाजिक रूपमा नयाँ सन्देश दिने अनुमान गरिएको छ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago

प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टाछुट्टै शिष्टाचार भेट

२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…

57 years ago

बाँदर–बँदेल नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना बनाउन संसद्मा प्रस्ताव

काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…

57 years ago

प्रदेश अस्पताल गोरखा १०० शय्यामा स्तरोन्नति हुँदै, सेवाग्राहीको संख्या पनि बढ्दो

२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…

57 years ago

पहिरोपीडितलाई भेट्दै सांसद देवकोटा, क्षतिग्रस्त क्षेत्रको निरीक्षण

गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा…

57 years ago