इटहरी । इटहरीस्थित सेन्ट्रल प्लाजामा बुधबार बिहान लागेको आगो नियन्त्रण गर्न प्रयास जारी छ। प्रारम्भिक जानकारीअनुसार गृह मन्त्रालयले १६ जनाको उद्धार भएको बताएको थियो, तर पछि यसलाई संशोधन गर्दै ११ जनाको मात्रै उद्धार भएको जानकारी प्राप्त भएको छ। उद्धार गरिएका ११ जनामध्ये ८ पुरुष र ३ महिला छन्।
आगो बिहान साढे ९ बजे सुरु भएको थियो, र अहिले पनि आगो निभाउन नसकेको मन्त्रालयले जनाएको छ। इटहरी र आसपासका आठ वटा दमकलले आगो निभाउने प्रयास गरेका छन्, तर आगो पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन।
आगो नियन्त्रणका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनासहित स्थानीय निकाय पनि सक्रिय रहेका छन्। नागरिक सुरक्षा र उद्धार कार्यलाई तीव्रता दिइरहेको भएपनि आगो नियन्त्रण गर्न चुनौतीपूर्ण भएको बताएका छन्।
चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरेस्थित मुग्लिङ–नारायणगढ सडकखण्डमा आइतबार बिहान दुई बस र एक ट्रक एकापसमा ठोक्किँदा…
पर्साको पकहामैनपुर गाउँपालिका–१ स्थित सीमावर्ती क्षेत्रमा धान रोपिरहेका बेला चट्याङ पर्दा सात जना महिला घाइते…
रुपन्देहीको ओमसतिया गाउँपालिका–२ सरस्वती टोलस्थित सिद्धार्थ राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ…
गोरखा। गोरखाको स्याउली बजार–भट्टफाँट–मनकामना सडक अन्तर्गत निर्माण सम्पन्न भएको लुदी खोला मोटरेबल पुल उद्घाटन गरिएको…
गोरखा। गोरखाको शहीद लखन गाउँपालिका–४ ताक्लुङ, बाँझोगरामा ८५ वर्षीया दिलमाया रानाको गरगहना लुटिएको घटनामा प्रहरीले…
पोखरा । गण्डकी प्रदेशसभाले औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र व्यवस्थापन गर्ने…