माघ २८, गोरखा । गोरखा नगरपालिका–८ स्थित डम्पिङ साइटमा सल्किएको आगोबाट निस्किएको धुवाँले गोरखा सदरमुकाम प्रदूषित बनेको छ।
बस्ती र जंगलमाथिको आकाश धुवाँले ढाकिएको छ । धुवाँ र दुर्गन्ध बढेपछि स्थानीय गाईबाख्रा चराउन समेत जंगल जान सकेका छैनन् । आगो लगाउनुअघि नजिकै पुग्दा मात्रै दुर्गन्ध थाहा पाउने गरेको भए पनि अहिले बस्ती सम्मै दुर्गन्ध आएपछि स्थानीय समस्यामा परेका छन् ।
हरमटारी, गोरखा बसपार्क, आसपासका बस्ती, गोरखा -आबुखैरेनी सडकखण्ड, सार्वजनिक स्थल लगायतका विभिन्न क्षेत्रमा धुवाँको मुस्लो सहित प्रदूषण फैलिएको छ । आगो लागेपछि निस्किएको दुर्गन्धित धुवाँले रातमा बस्तीमा बसी नसक्नु भएको स्थानीयहरुले सामाजिक संजाल मार्फत बताएका छन। फोहोरको दुर्गन्धले हैरान छौँ,–। ‘दुर्गन्ध र धुवाँको मुस्लोले बस्तीलाई ढाकि दिँदा सास फेर्नसमेत अप्ठ्यारो हुने गरेको छ, सम्बन्धित निकाय किन मौन ?’ जस्ता भनाइले समाजिक संजालमा स्थानीयहरुले आफ्नो गुनासो पोखेका छन ।
स्थानीयका अनुसार शनिबार बेलुकाको करिब ७ बजे देखि आगो लागि भएको बताएका छन् ।


